समाचार

छोरी हत्याको अभियोगमा बाबु जेल चलान

महेन्द्रनगर । आफ्नै छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका बाबुसहित दुई जनालाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि जेल चलान गरेको छ । आफ्नै छोरी १९ वर्षीया स्नेहा यादवलाई यातना दिएर हत्या गरी शव जलाएको अभियोगमा पक्राउ परेका धनुषा शहीदनगर नगरपालिका–७ का ४० वर्षीय दिलीपकुमार यादवलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका...

इन्डिया नेपाल विजनेश फोरममा प्रधानमन्त्रीले के भने ?

रमेश लम्साल नयाँदिल्ली – प्रधानमन्त्री केपी शर्मा ओलीले देखिने गरी नेपाली जनताको जीवनस्तर सुधार गर्ने आफ्नो लक्ष्य रहेकाले सोहीअनुसार आफ्नो नेतृत्वको सरकार अगाडि बढ्ने बताएका छन् । इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक समृद्धि मात्रै रहेको...

दुई जना प्राविधिक घुससहित पक्राउ

कास्की, २३ चैत । कास्कीका दुई जना प्राविधिक घुससहित पक्राउ परेका छन् । कास्कीको मादी गाँउपालिका अन्र्तगत पर्ने दुई सामुदायिक आधारभूत विद्यालयबाट घुस लिँदै गरेको अवस्थामा जिल्ला शिक्षा कार्यालय कास्कीका दुई जना प्राविधिकलाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग...

विदेश पठाउँछु भन्दै भारत लैजान लागेका युवतीको उद्वार

ठोरी, पर्सा, २३ चैत । वैदेशिक रोजगारीको लागि तेस्रो मुलुक पठाईदिने भन्दै भारत लैजान लागेका एक युवतीको ईलाका प्रहरी कार्यालय ठोरीले हिजो साँझ उद्वार गरेको छ । ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोली र माइती नेपाल ठोरीका प्रतिनिधिहरूले शंका लागेर सोधपुछ गर्ने क्रममा भारत लैजान लागेको थाहा भएपछि...

स्लो स्कुटी प्रतियोगितामा शारदा प्रथम

मकवानपुर, २३ चैत । हेटौँडा लेडि जेसिजको अयोजनामा भएको स्लो स्कुटी प्रतियोगितामा शारदा बिडारी प्रथम भएकी छिन् । जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत शुक्रबार भएको स्लो स्कुटी प्रतियोगितामा बिडारी प्रथम भएकी हुन् । प्रतियोगितामा नेहा थापा द्धित्तीय तथा पुष्पा क्षेत्री तृतिय भएका छन् । सिमा चोकबाट बुद्धचोकसम्म भएको स्लो रेसमा...

मकवानपुरगढीको सिमलटारमा स्ल्याबको शिलान्यास, २ सय ३३ मिटर बाटो स्ल्याब हुने

मकवानपुर, २३ चैत । मकवानपुर गढीगाउँपालिका वडा नम्बर ५ सिमलटारमा आज एक कार्यक्रमका गरि बाटोको स्ल्याब शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष विदुर हुमागाईले सिमेन्टको मसला राखि स्ल्याब निर्माणको उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात कार्यक्रममा बोल्दै अध्यक्ष हुमागाईले गाउँपालिकाले ७०–३० को अवधारण ल्याउदैं २ करोड रुपैयाँ बाटो निर्माणका...

सवारी दुर्घटनामा मृत्यू भएका जनमको सम्झनामा नेवारपानीमा शोकसभा

मकवानपुर, २३ चैत । नेकपा माओवादी केन्द्र हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ को आयोजनामा आज नेवारपानीमा शोकसभा गरिएको छ । पार्टीका वडा सदस्य जनम सिं गोलेको मृत्यू भएको १३ औँ दिनको पूण्यतिथि पारेर शोकसभा गरिएको हो । गोले सवार मोटरसाईकललाई चैत्र १० गते हेटौँडा तिनताप्केमा बसले ठक्कर दिँदा उनको...

मकवानपुर जिल्ला फुटबल संघमा टिका लामाको नेतृत्व

हेटौँडा, २३ चैत । मकवानपुर जिल्ला फुटबल संघले अन्ततः नयाँ नेतृत्व पाएको छ । मकवानपुर जिल्ला फुटबल संघको अध्यक्षमा टिका लामा चयन भएका छन् । आज हेटौँडामा भएको जिल्ला अधिवेशनले लामाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा सुविन घिमिरे, द्वित्तीय उपाध्यक्षमा अजय मानन्धर,...

नेपाल तरुण दलले हेटौँडामा प्रदेश स्तरीय प्रशिक्षण गर्ने

हेटौँडा, २३ चैत । नेपाल तरुण दलले बैशाख ३ र ४ गते मकवानपुरको हेटौँडामा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । केन्द्रिय कार्यक्रम अनुसार बैशाख ३ र ४ गते हेटौँडामाा ३ नं प्रदेश स्तरीय तरुण दल प्रशिक्षण कार्यक्रम हुने भएको तरुण दलले जनाएको छ । प्रशिक्षण कार्यक्रमको तयारी...

निर्माणाधिन घरको गारो भत्कदा बालिकाको मृत्यू

रुपन्देही, २३ चैत । रुपन्देहीको सैनामैना नगरपालिका–११ बनकट्टी स्थित खिमान्नद पोख्रेलको २ तले पक्की घर बनाउने क्रममा मिस्त्री काम गर्ने दाङ गडवा गाउँपालिका–३ खैरेनी बस्ने दिल बहादुर कुमालको ३ बर्षीया छोरी रिदम कुमालको गारो भत्कदा ईट्टाले लागेर मृत्यु भएको छ । निर्माणाधिन घरमा लेबर काम गर्ने कपिलबस्तु शिबराज नगरपालिका–५...