काँग्रेसको हेटौँडा नगर भेला बैशाख १० गते हुने

तु खबर संवाददाता
२०७५ बैशाख ५, बुधबार १७:३८

मकवानपुर, ५ बैशाख । नेपाली काँग्रेस हेटौँडा उपमहानगर समितिको नगर भेला यही बैशाख १० गते हुने भएको छ । काँग्रेस हेटौँडा उपमहानगर समितिको आज हेटौँडामा वसेको भेला तयारी बैठकमा भेला गर्ने निर्णय गरेको हो ।

भेलामा समसामयिक राजनीति, काँग्रेसको संगठन, संगठन विस्तारलगायतका विषयमा छलफल भएको थियो । भेलाको तयारी एवं व्यवस्थित गर्न आर्थिक समिति, मञ्च व्यवस्थापन समिति, प्रचार समिति, स्वयमसेवक समितिलगायतका समिति गठन गरिएको नगर सभापति आनन्दराम पराजुलीले जानकारी दिए ।

बैठकमा विभिन्न समिति तथा भातृसंगठनका नेताहरुले भेलाको बारेमा धारणा राखेका थिए । भेलामा काँग्रेसको १९ वटै वडाका सभापति, निर्वाचित जनप्रतिनिधि, नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दललगायतका काँग्रेसको भातृ संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । वैठक नगर सभापति आनन्दराम पराजुलीको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*