समाचार
शिक्षामन्त्री र सात प्रदेशका मन्त्रीबीच सिंहदरबारमा बैठक हुँदै
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय संरचनाअनुसार शिक्षा क्षेत्रमा सुधार र समन्वयबारे सातै प्रदेशका सामाजिक मामिला मन्त्रीहरुसँग आइतबार बैठक आयोजना गर्ने भएका छन् । संघीय सरकार र प्रदेश सरकारका विषयगत मन्त्रीबीच औपचारिक छलफल हुन लागेको यो पहिलो पटक हो । मन्त्री पोखरेलका प्रेस संयोजक सुनील खड्काका...
सडक दुर्घटनाबाट १४ हकी खेलाडीको मृत्यु
ओटावा क्यानडा । क्यानडाको दक्षिणपश्चिमी सास्काचवन प्रान्तमा एक ट्रकले ‘जुनियर हकी’ का खेलाडी बोकेर हिँडिरहेको एक बसलाई ठक्कर दिँदा कम्तिमा १४ जना खेलाडीको मृत्यु भएको र खेलाडीसहित एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बस चालकसहित २८ जनासहित राजमार्ग ३५ मा गुडिरहेको बसलाई एक मालबाहक...
काठमाडौंमा रेल ल्याउन नेपाल–भारतबीच भयो यस्तो सहमति !
नयाँ दिल्ली–प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच काठमाडौंदेखि रक्सौलसम्म विद्युतीय रेलमार्ग निर्माण गर्ने सहमति भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओली र मोदीबीच भएको भेटवार्ताका क्रममा यस्तो सहमति भएको हो । सहमतिअनुसार पहिलो चरणमा भारतको आर्थिक सहयोगमा नेपाल सरकारसँगको सहकार्यमा एक वर्षभित्र प्रारम्भिक सर्वेक्षण...
मनहरी बजारमा १६ वटा सीसी क्यामेरा जडान एआइजी घिमिरे भन्छन्–‘लागूऔषधमुक्त मनहरी बनाऔँ’
शिवकुमार काशी / मनहरी–पश्चिम मकवानपुरको मनहरी बजारमा १६ वटा सीसी क्यामेरा जडान भएको छ । जडित क्यामेराको ३ नं प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक केशरीराज घिमिरेले उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै घिमिरेले भने–‘सुन्दर र सुरक्षित मनहरी मात्र होइन, लागूऔषधमुक्त मनहरी हुनु पनि जरुरी छ ।’...
प्रदेशको प्रशिक्षण भब्य बनाउन तरुण दल नगर समितिको आग्रह
मकवानपुर । नेपाल तरुण दल नगर समिति हेटौंडाले आउँदो ३ र ४ गते प्रदेश राजधानी हेटौंडामा हुन लागेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम भब्य बनाउन सबैलाई आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने सो प्रशिक्षण कार्यक्रममा प्रदेशभरिका ३ सय ५० भन्दाबढी सहभागी हुने भन्दै सो कार्यक्रमलाई भब्यतापूर्वक सम्पन्न...
शितलमहल चोकबाट हराईन् वृद्धा, खोजीका लागि आग्रह
मकवानपुर, २४ चैत । हेटौँडा ४ शितल महल चोकस्थित आफ्नै घरबाट ८१ वर्षीया गंगादेवी दुलाल हराएकी छिन् । आज दिउँसो मध्यान्ह १२ बजेदेखि हराएकी दुलाललाई खोजी गरिदिनका लागि उनका परिवारले आग्रह गरेका छन् । कलेजी रङको ढाकाको चौबन्दी चोली र आकाशे रङको बुट्टा भएको धोती लगाएकी दुलाल आफ्नो नाम...
२५ मिटर पीडित चिन्तित हुनुपर्दैन, अब बैंकले धितो राखी ऋण लगानी गर्ने वातावरण बनाइन्छ : मुख्यमन्त्री पौडेल
मकवानपुर । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हाइवे मुख्य बजार क्षेत्रबाट नजाने बताएका छन् । मारवाडी एशोसियशनको आज भएको एक कार्यक्रममा मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । आजसम्म मुख्य सडक छेउछाउमा रहेका घरजग्गा कुनै पनि बैंकले धितो राखी ऋण दिने गरेका छैनन् । जसका कारण आफूहरुलाई मार...
भीमफेदी गाउँपालिकामा वाइसीएलको समिति गठन
मकवानपुर । नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिकामा नमराज मुक्तानको अध्यक्षतामा ६ सदस्यीय गाउँपालिका स्तरीय वाइसीएल गठन गरिएको छ। प्रदेशसभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अतिथिहरु प्रलोक पान्डे , भीमफेदी गाउँपालिका कमरेड प्रमिला लामालगायत थिए । अमृत लामाको अध्यक्षतामा भएको कार्यक्रममा तीन नम्बर वडा अध्यक्ष पृतीलाल लामा र...
प्रधानमन्त्री ओली रेल कुदाउने दौडधुपमा,
मकवानपुर २४ चैत । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदिबीच काठमाण्डौदेखि रक्सौलसम्म बिद्युतीय रेलमार्ग मिर्माण गर्ने सहमती भएको छ । भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री ओली र मोदीबीच भएको भेटबार्तामा यस्तो सहमती भएको भारतीय संचारमाध्ययमहरुले जनाएका छन् । सहमतीको पहिलो चरणमा भारतको आर्थिक सहयोग र...
सिंहदरवारले मधेसको विकासलाई आफ्नो विकास मानेन : फोरम अध्यक्ष यादव
सञ्जय साह रौतहट २४ चैत । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले मधेसको विकासलाई आफ्नो देशको विकास सिंहदरबारले नमानेकोले मानवीय सूचकांकको सम्पूर्ण आधारमा मधेस पछाडि परेको भन्दै आरोप लगाएका छन् । रौतहट क्षेत्र नम्बर ४ को २ बाट प्रदेश सभाका सदस्यका लागि निर्वाचित साँसद शेख अबुल कलाम...









