नेविसंघको स्थापना दिवसमा अस्पतालदेखि बालगृहसम्म कार्यक्रम

तु खबर संवाददाता
२०७५ बैशाख ६, बिहीबार १६:०६

मकवानपुर, ६ बैशाख । नेपाल विद्यार्थी संघ मकवानपुरले आफ्नो ४९ औं स्थापना दिवसमा विहिबार विविध कार्यक्रम गरेको छ । नेविसंघ मकवानपुर अध्यक्ष राजु खतिवडाको सभाध्यक्षता, जिल्ला सदस्य कबिता बर्तौलाको संयोजन तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायरको प्रमूख आतिथ्यतामा हेटौंडा ५ सिंचाई टोलमा रहेको हाम्रो घर बाल गृहका ३२ अनाथ बालबालिकाहरुलाई खाद्यान्न, फलफुल, स्टेशनरी सामान र नगद रकम संस्थाकी अध्यक्ष ईन्दिरा न्यौपानेलाई हस्तान्तरण गरिएको हो ।

नेविसंघको स्थापना दिवसमा केन्द्रीय सदस्य एवं पूर्व मन्त्री बलायरले बालबालिका राख्न बालगृहलाई सहज होस् भन्ने उद्देश्यले आफ्नो कमाईबाट नगद २५ हजार रुपियाँसमेत हस्तारण गर्नुभयो । स्थापना दिवसकै अवसरमा नेविसंघ ३ क्षेत्रीय कार्यसमितिले हेटौंडा अस्पतालमा ६८ जना विरामीहरुलाई फलफुल वितरण गरिएको छ । क्षेत्रीय सभापति सुवास सापकोटाको सभाध्यक्षता तथा केन्द्रीय सदस्य एवंव पूर्व मन्त्री बलायरको प्रमूख आतिथ्यतामा विरामीहरुलाई फलफुल वितरण गरिएको हो ।

त्यस्तै नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा विहिबार नै बनविज्ञान अध्ययन संस्थान ईकाई समितिले रक्तदान कार्यक्रम गरेको छ । ईकाई सभापति पंकज कुमार ठाकुरको सभाध्यक्षता तथा केन्द्रीय सदस्य बीरबहादुर बलायरको प्रमूख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको थियो ।

तिनवटै कार्यक्रमहरुमा अतिथिहरु काँग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, पत्रकार महासंघ उपाध्यक्ष कुमार अधिकारी, प्रेस युनियन अध्यक्ष रुपेश दुलाल लगायतका विद्यार्थी नेता तथा कार्यकर्ताको उपस्तिथि रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*