युवा संघको केन्द्रीय सदस्यमा सन्तोष चौलागाई

तु खबर संवाददाता
२०७५ बैशाख ६, बिहीबार ११:५४

मकवानपुर । मकवानपुरका सन्तोष चौलागाई युवा संघको केन्द्रीय सदस्य चयन भएका छन् । उनलाई युवा संघले केन्द्रीय सदस्य चयन गरेको हो ।

युवा संघका मकवानपुर अध्यक्ष समेत रहेका चौलागाई केन्द्रमा मनोनित भएका हुन् । युवा संघको केन्द्रीय सदस्य चयन भएपछि उनले युवा संघलाई सृजनशील युवाहरुको संगठन बनाउन आफ्नो तर्फबाट काम गर्ने बताए । तु खबरसँग छोटो कुराकानी गर्दै चौलागाई युवा संघलाई मकवानपुरका समग्र विकासमा हातेमालो गर्ने शक्तिको रुपमा थप क्रियाशील बनाउने प्रतिवद्धता पनि जनाएका छन् ।

जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष समेत रहेका चौलागाईले सो समितिमार्फत् पनि युवा हकहीतमा काम गरिरहेका छन् । स्वरोजगार बन्न युवालाई प्रेरित गर्ने, स्रोतको सहयोग गर्ने, युवा पंक्तिलाई सक्षम बनाउनेलगायतको काम उनको नेतृत्वमा युवा समितिले गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*