समाचार
मुख्यमन्त्री डोरमणि पौडेलको तलब सुविधासहित मासिक ७५ हजार, अन्यको तलब यस्तो छ
मकवानपुर, २५ चैत । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सुविधासहित मासिक ७५ हजार पाउने भएका छन् । मासिक ६१ हजार रुपैयाँ तलब र सञ्चार लगायतका सुविधा जोड्दा मासिक ७५ हजार पुग्ने भएको हो । प्रदेश सरकारले प्रदेशसभामा मुख्यमन्त्री, मन्त्री र सांसदहरुको तलब सुविधासम्वन्धी विधेयक आज पेश गरेको...
मद्यपान र जुवातास नियन्त्रणका लागि सिक्रेनीमा र्याली
हेटौँडा, २५ चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ सिक्रेनीमा जाँड, रक्सी तथा जुवातास नियन्त्रणका लागि दवाब दिने उदेश्यसहित आईतबार र्याली निकालिएको छ । ग्रामिण महिला सेवा केन्द्रको कार्यक्रम अन्तर्गत गठन गरिएको कोपिला युवा महिला समूह तथा प्रगतिशील टोल विकास संस्था र सिक्रेनी टोलविकास संस्थाको सक्रियतामा र्याली निकालिएको...
आगलागीमा परि एक दर्जन घर जल्यो, एक वृद्धाको जलेर मृत्यू
काठमाडौं, २५ चैत । मुलुकका विभिन्न स्थानमा भएको आगलागीमा परि एक वृद्धाको ज्यान जानुका साथै एक दर्जनभन्दा बढी घर जलेर नष्ट भएको छ । साथै आगलागीमा ६ करोड १९ लाखभन्दा बढी धन जलेर नष्ट भएको छ । सिराहाको भगवानपुर गाउँपालिका–५ स्थित आशाराम खत्वेको परालको टौवामा शनिबार बिद्युत सर्ट भई...
सवारी दुर्घटनामा २ जनाको मृत्यु
काठमाडौं, २५ चैत । कास्की र नुवाकोटमा भएको छुट्टाछुट्टै दुर्घटनामा परि २ जनाको ज्यान गएको छ । कास्कीको पोखरा लेखनाथ महानगरपालिका–१८ सराङकोट स्थित सडकमा ग.८प ६८ नम्बरको माईक्रोबसको ठक्करबाट घाईते भएका ग.१२ प ४७२८ नम्बरको स्कुटर चालकको ज्यान गएको छ । सोही स्थान बस्ने ३६ बर्षीय रामु पुनको उपचारार्थ...
कपडामा आईरन लगाउँदा करेन्ट लागेर मृत्यू
सप्तरी, २५ चैत । आफ्नै घरमा कपडामा आईरन लगाउने क्रममा करेन्ट लागेर सप्तरीमा एक महिलाको ज्यान गएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ बस्ने अजय साहको श्रीमती २५ बर्षीया अमेरिका साहको शनिबार मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
दुई पुरुष मृत अवस्थामा फेला
काठमाडौं, २५ चैत । काठमाडौँ र रुपन्देहीमा गरि दुई पुरुष मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ ढुङ्गेअड्डा नजिक मुल सडक किनाराको फोहर फाल्ने ठाउँमा उदयपुर घर भएका ६७ बर्षीय दल बहादुर पुलामी शनिबार मृत अवस्थामा फेला परेका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहिया स्थित डण्डाखोलामा हाल...
पानी खाने क्रममा लडेर मृत्यु
धनुषा, २५ चैत । धनुषाको मिथिला बिहारी नगरपालिका–८ ठेराकचुरी बस्ने ५० बर्षीय रामशरण यादवको आफ्नै घरको धारामा पानी खाने क्रममा लडेपछि उपचारको क्रममा मृत्यू भएको छ । घाइते भएपछि उपचारार्थ जनकपुर अन्चल अस्पताल लैजाने क्रममा शनिबार बाटोमै उनको मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको...
८ थान सुनको बालासहित पक्राउ
काठमाडौं, २५ चैत । धनुषा भंगाहा–८ बस्ने २३ बर्षीय प्रदिप ठाकुरलाई ८ थान सुनको बाला अंदाजी ३ सय ९९ ग्राम सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियामा विदेशबाट आगमन भएका विभिन्न यात्रुसँग उक्त सुनको बाला लिईरहेको अवस्थामा प्रदिपलाई प्रहरीले फेला पारी नियन्त्रणमा लिएको...
प्रहरीको नयाँ भवन उद्घाटन
खोटाङ, २५ चैत । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले जिल्ला प्रहरी कार्यालय खोटाङको नव निर्मित्त कार्यालय भवनको शनिबार आयोजित एक समारोहबीच उद्घाटन गरेका छन् । कार्यक्रममा प्रहरी महानिरीक्षक अर्यालले भवन निर्माण कार्र्यमा सहयोग गर्ने स्थानीय तथा प्रहरी कर्मचारीहरुलाई कदरपत्रद्धारा सम्मान समेत गरेका थिए । प्रहरी महानिरीक्षक अर्यालले नागरिकको सेवाप्रति कटिबद्ध...
थाहानगरका अमरको डेराबाट १० जना पक्राउ
काठमाडौं, २५ चैत । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकी स्थित डेरा गरी बस्ने ३५ बर्षीय अमर के.सी.को कोठाबाट तास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर थाहा नगरपालिका–११ डाडीघाँट घर भई हाल काठमाडौं कालिमाटी बस्ने ३२ बर्षीय सन्तराम मोक्तानसहित...










