समाचार

मानार्थ विद्यावारिधि उपाधि ग्रहण गरेपछि ओलीले के भने ?

–रमेश लम्साल भारत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिप्रदत्त स्रोतसाधनबाट पूर्णरुपमा लाभ लिने साँचो नै शिक्षा हो भनेका छन् । प्रधानमन्त्री ओलीले उक्त कुरा भारतको उत्तराखण्डस्थित गोविन्दवल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयद्वारा उनलाई आज मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको समारोहलाई विश्वविद्यालयमा सम्बोधन गर्दा बताएका हुन् । सम्बोधनमा उनले भने,...

३३ किलो सुन तस्करी काण्डमा राप्रपाका नेता गुरुङ पक्राउ

काठमाडौं– तस्करीको ३३ केजी सुन प्रकरणमा मनाङ होटलका पूर्वसञ्चालक तथा राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ पक्राउ परेका छन् । प्रहरीले गुरुङलाई आइतबार बिहान पक्राउ गरेको हो । गुरुङसँगै यो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संङ्ख्या ११ पुगेको छ । गु्रुङ यसअघि राप्रपा नेपालमा थिए र पशुपति शमशेर राणाले पार्टी...

पोर्चुगलमा मृत्युसँग लडिरहेका यी दम्पतीः श्रीमानलाई पक्षाघात– श्रीमतीको मिर्गौला फेल

–भरत प्रधान लिस्बन । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएको एक नेपाली दम्पती ठूला रोगले समातेपछि बिचल्लीमा परेका छन् । आठ वर्षदेखि पोर्चुगल बस्दै आएका भक्तपुर, सूर्यविनायक नगरपालिका–९, सिपाडोलका ४८ वर्षीय चन्द्रकिशोर पराजुली र उनकी श्रीमती ४६ वर्षीया शर्मिला शाक्य रोगले ग्रसित छन् । चन्द्रकिशोर एक्कासि पक्षाघात भई देब्रेतर्फको पूरै...

आगलागीबाट ८ लाख क्षति

काठमाडौं, २५ चैत । सप्तरी र सिन्धुपाल्चोकमा भएको आगलागीमा करिब ८ लाखको क्षति भएको छ । सप्तरीको तिरहुत गाउँपालिका–२ राम टोल बस्ने प्रमेश्वर रामको फुसको छानो भएको १ तले घरमा आइतबार गहुको बाला पोल्ने क्रममा आगलागी हुँदा करीब ९० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । सिन्धुपाल्चोकको ईन्द्रावती...

ट्याक्टरको टेलरले किच्दा २ बालकको मृत्यू

रौतहट, २५ चैत । रौतहटको गढिमाई नगरपालिका–२ हथियोल स्थित खेतमा ना.३ त ६२८४ नम्बरको ट्याक्टरले माटो पुर्ने क्रममा ट्याक्टरको पछाडीको टेलर पल्टिएर किच्दा दुई बालकको ज्यान गएको छ । टेलर पल्टँदा सोही स्थानमा खेलिरहेको सोही स्थान बस्ने प्रभु बैठाको छोरा ५ बर्षीय बिकाश बैठाको टेलरले थिचि आइतबार घटनास्थलमै मृत्यु...

दुई पुरुष मृत अवस्थामा फेला

काठमाडौं, २५ चैत । पाल्पा र तेह्रथुममा गरि दुई पुरुष मृत अवस्थामा फेला परेका छन् । पाल्पाको रामपुर नगरपालिका–२ बाणबगर स्थित कालिगण्डकीको किनारमा अंदाजी ६० बर्षीय पुरुष ब्यक्ति आइतबार मृत अवस्थामा फेला परेका छन् । तेह्रथुमको लालिगुँरास नगरपालिका–२ स्थित दारेगोडा भन्ने स्थानमा अंदाजी ४५ बर्षीय हाल नाम, थर, वतन...

माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

मोरङ, २५ चैत । मोरङको लेटाङ नगरपालिकामा एक महिलाको माटोको ढिस्कोले पुरिएर मृत्यू भएको छ । लेटाङ–९ बस्ने २४ बर्षीया भगिमाया दुलालको सोही स्थानमा रहेको बारकोठे खोल्सीमा रातोमाटो खनिरहेको अवस्थामा माटोको ढिस्कोले पुरिएर आइतबार मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरी फरार भएका अभियुक्त पक्राउ

काठमाडौं, २५ चैत । गत चैत २१ गते बुधबार राति मादक पदार्थ सेवन गरि सामान्य विवादमा एक युवकको हत्या गरि फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्तहरु उदयपुरगढी गाउँपालिका–७ घर भएका ४२ बर्षीय मोटे भन्ने सरोज श्रेष्ठ र सर्लाही हरीवन नगरपालिका–८ घर भई हाल काठमाडौं महानगरपालिका–९ गैरीगाउँ...

यातनाको क्षतिपूर्ति माग्दै प्रहरीविरुद्ध अदालतमा मुद्दा दर्ता

बाँके,२५ चैत्र । प्रहरीले हिरासतमा शारिरीक तथा मानसिक यातना दिएको भन्दै बाँकेको भुजाईगाँउका एक युवकले आईतबार मुद्दा दायर गरेका छन् । भुजाईगाँउका भुविन थापाले यातनाको क्षतिपूर्तिबापत एक लाख रुपैयाँ क्षतिपूर्ति माग्दै बाँके जिल्ला अदालतमा आज मुद्दा दायर गरेका हुन् । मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँके र सोही कार्यालयका असई...

काँग्रेसले हेटौँडाले गर्यो शुभकामना आदानप्रदान

हेटौंडा, २५ चैत । नयाँ वर्ष २०७५ को उपलक्ष्यमा नेपाली काँग्रेस हेटौंडा–१ नम्बर वडाको आयोजनामा आइतबार शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । पार्टी वडा सभापति हरिकृष्ण महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टी मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र...