पेस्तोल र गोली सहित ठमेलबाट २० वर्षीय पुकार पक्राउ

तु खबर संवाददाता
२०७५ बैशाख ८, शनिबार २१:३९
File Photo

काठमाडौं– काठमाडौं ठमेल ज्याठावाट मकवानपुर हेटौंडा–९ का २० वर्षीय पुकार शिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
मेड इन यूएसए लेखिएको १ थान पेस्तोल र म्यागजिनमा लोड गरेको ५ राउण्ड गोली सहित उनलाई महानगरीय प्रहरी वृत्त दरवारमार्गको प्रहरीले शनिबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीबट थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*