समाचार
करोडौँ ठगेर वडाअध्यक्ष फरार !
कपिलवस्तु २७ चैत । यशोधरा गाउँपालिका –५ का वडाअध्यक्ष लईस पठानबिरुद्ध विभिन्न किर्ते, ठगी, दोहोरो नागरिकता मुद्दामा उजुरी परेपछि अहिले उनी फरार छन् । उनी फरार भएपछि वडाको सम्पूर्ण कामकाज प्रभावित भएका छन् । नागरिकता सिफारिश, वडाको सामाजिक सुरक्षा वितरण, बार्षिक कार्यक्रम तथा पूर्वाधार निर्माण कार्य रोकिएका छन् ।...
हेटौंडा उपमहानगरपालिकामा सेवाग्राहीका फाईल दर्ता गराउनै १ हप्ता
मकवानपुर २७ चैत । तपाई कुनै कार्यालयमा फाईल दर्ता गर्न जानुभयो भने तपाईलाई कति दिन लाग्छ १ दिन, २ दिन ,वा ३ दिन ? मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा सामान्य फाईल दर्ता गर्न आउने सेवाग्राही १ हप्तासम्म धाउँछन् । सेवाग्राहीमैत्री हुनुपर्ने स्थानीय निकायमानै ढिलासुस्ती हुने गरेको छ । यस्ता बिषयमा मकवानपुरका...
उपमहानगरपालिकामा स्टाफ मिटिङ नहुँदा समन्वय अभाव
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा स्टाफ मिटिङ नै हुन छोडेको छ । उपमहानगरपालिकामा स्टाफ मिटिङ नभएको करीव १ बर्ष पुग्न लागेको बताइएको छ । मेयर हरिबोल महतले भटाभट दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गरेपछि कर्मचारीबीच कामको समन्वय अभाव भइरहेको छ । यस्तो बेला कर्मचारीहरुको मिटिङ राख्ने, जटिलताहरु के के छन्, त्यसमा...
वर्षौंदेखि चलन भोग गर्दै आएको जग्गा भारतमा देखाइएपछि
कञ्चनपुर- नेपाल भारतको संयुक्त सीमा सर्भे फिल्ड टोलीको सर्भेक्षणमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाका डेढ दर्जन परिवारको जग्गा भारतमा परेको देखाइएको छ । संयुक्त सीमा सर्भे टिमको नक्सांकनमा भुडाको १५ बिगाहासम्म जमिन भारतमा देखाइएको छ । भारतमा परेका जमिनमा स्थानीयले जग्गाधनी पूर्जा बनाएर वर्षौंदेखि भोगचलन गर्र्दै आएका छन् । भारतीय...
विपन्न परिवारलाई जस्तापाता र विद्युतीय सामग्री वितरण
तेह्रथुम- तेह्रथुमको म्याङलुङ नगरपालिका–७ वडाभित्रका आर्थिकरुपले विपन्न परिवारका सदस्यलाई जस्तापाता, विद्युतीकरणका लागि मिटर बक्स र खानेपानी तथा सिँचाइका लागि पाइप वितरण गरिएको छ । वडा कार्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरी वडाले वडा क्षेत्रका तीन परिवारलाई जस्तापाता वितरण गरेको हो । नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले वडाभित्रका विपन्न ठहरिएका मनबहादुर...
दुबै खनाल होलान् त आइजीपी ?
काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रमुख को होला भन्ने सबैतिर कौतुहताको विषय छ । सर्वेन्द्र खनाल, रमेश खरेल र पुस्कर कार्की यि तीन जना डीआइजीबाट सरकारले नेपाल प्रहरीको प्रमुख नियुक्त गर्नेछ । त्यसका लागि अहिले बढुवा सिफारिस समितिको बैठक भइरहेको छ । साढे ९ बजे मन्त्रीपरिषद्को बैठक...
नयाँ आइजीपी छान्न सिफारिस समितिको बैठक, को होला नयाँ आइजीपी ?
काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका नयाँ आइजीपी नियुक्तिका लागि आज बिहान बढुवा समितिको बैठक बस्दैछ । आइजीपी बढुवाका लागि अहिले बिहान सिफारिस समितिको बैठक बस्न लागेको हो । अहिले बिहान ९ बजेर ३० मिनेटमा मन्त्रीपरिषद्को बैठक बोलाइएको छ । त्यसअघि नै बढुवा समितिको बैठक बस्ने छ...
मन्त्रीको नाममा बेरुजु !
नेपाल समाचारपत्रका अनुसार, मन्त्री भएका सांसदका नाममा संसद सचिवालयमा बेरुजु देखिएको छ । सचिवालयको आर्थिक प्रशासन शाखामा यस्तो बेरुजुको अभिलेख छ । शाखाका लेखापाल वैकुण्ठ उदासले मन्त्रीहरुले सांसदबापत पाएको रकम फिर्ता गर्नुपर्ने जनाउनुभएको छ । सांसदलाई खातामा पैसा हालिदिने गरेका छौं तर मन्त्री भएपछि प्रधानमन्त्री कार्यालयबाट तलब पाउनुहुन्छ, उदासले...
छलफलबिनै पानीजहाज सञ्चालन सहमति
काठमाडौँ । आजको नागरिक दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्र कुनै छलफल नै नगरी बिना तयारी नेपाल र भारतबीच पानी जाहाज चलाउने सहमति गरेको समाचार छापेको छ । प्रधानमन्त्रीले यस विषयमा सम्बन्धित मन्त्रालयसँग पनि कुनै छलफल नगरेको उसको समाचारमा उल्लेख छ । भारत भ्रमणका क्रममा काठमाडौँमा रेल र नेपाल...
सिन्डिकेट कायमै राख्न आन्दोलनको धम्की
काठमाडौँ । सार्वजनिक यातायातमा संगठित रुपमा सिन्डिकेट लाद्दै आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ को विरोध गरेको छ। यस सम्बन्धी समाचार आजको नागरिक दैनिकमा छ । नागरिकमा लेखिएको समाचार अनुसार, महासंघको सोमबार बसेको केन्द्रीय परिषद् बैठकले सरकारले एकलौटी निर्णय गरेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिने...










