प्रदेश ३ को लोगो र सांसदलाई पोषाक निर्धारण

तु खबर संवाददाता
२०७५ बैशाख १०, सोमबार १५:०७

हेटौँडा, १० बैशाख । प्रदेश नम्बर ३ को लोगो र सांसदहरुका लागि पोषाक निर्धारण गरिएको छ । सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले लोगो र पोषाक निर्धारण गरेको हो ।

लोगोमा गौरीशंकर हिमाल, राष्ट्रिय झण्डा, पशुपतिनाथको मन्दिुर र स्यम्भुको आँखा अंकित गरिएको छ ।

त्यस्तै पोशाकमा कालो कोट , कालो जुत्ता, सेतो रङको दौरा सुरुवाल राखिएको छ । तर विशेष समारोहमा भने खैरो कोटसमेत लगाउनु पर्ने निर्णय भएको छ । त्यस्तै महिलाले आफ्नो भेषभूषा अनुसारको पहिरन लगाउन पाउने व्यवस्था समेत गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*