खाजा घरमा यौनलिला, ३४ जना पक्राउ

तु खबर संवाददाता
२०७५ बैशाख ९, आईतवार १२:३०
File Photo

काठमाडौँ, ९ बैशाख । खाजा घर संचालन गर्ने नाममा यौन धन्दा गरेको आरोपमा प्रहरीले ३४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग गोंगबुले शनिबार राति गोंगबु क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।

सो क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा प्रहरीले गरेको संयुक्त छापा मार्दा ती यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्नेहरु गरी १९ पुरुष र १५ महिलालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको र पक्राउ परेका मध्ये १२ जनालाई मुद्दा चलाउने तयारीमा प्रहरी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*