हेटौँडाको कर्रा खोला सरसफाई

तु खबर संवाददाता
२०७५ बैशाख ८, शनिबार १३:५१

हेटौँडा, ८ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा रहेको कर्रा खोला सरसफाई गरिएको छ । स्थानीय युवा तथा सामाजिक संस्कार समितिको अगुवाईमा वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देल र अन्य जनप्रतिनिधिहरुको सहभागितामा खोला सरसफाई गरिएको हो ।

खोला सरसफाईमा मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष रविन जोशी, सामाजिक सँस्कार सेवा समितिका अध्यक्ष अम्मरबहादुर लामा, नागरिक सचेतना ४ नम्बर वडा अध्यक्ष देवि ढकाल सहित अन्य स्थानीयले समेत साथ दिएका छन् ।

कर्रालाई सफा बनाउने र कर्रा क्षेत्रलाई पर्यटकीय पार्क बनाउने अभियान अन्र्तगत सरसफाई सुरु गरिएको स्थानीय विमल श्रेष्ठ टोनीले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*