निर्वाचनमा अन्तरघात गर्नेलाई कारवाही गरिने : श्रेष्ठ

तु खबर संवाददाता
२०७५ बैशाख ७, शुक्रबार २०:०६

पर्वत । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले निर्वाचनमा अन्तरघात गर्ने कार्यकर्तालाई कारवाही गरिने बताएका छन् ।

सदरमुकाम कुश्माबजारमा सञ्चालित तरुण दलको ४ नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ३६४ दिन काँग्रेस बन्ने तर निर्वाचनको दिन अरु दललाई सहयोग गर्ने कार्यकर्तालाई खोजी खोजी कारवाही गरिने उल्लेख गरे ।

पछिल्लो तीन निर्वाचनमा काँग्रेस हार्नाको मुख्य कारण अन्तरघात भएको जिकिर गर्दै उनले भने, “काँग्रेसमा कारवाहीको व्यवस्था नहुँदा यस्तो अवस्था आएको हो, अब कारवाहीको व्यवस्था गर्नुपर्छ ।”

उनले तरुण दलका कार्यकर्तालाई गाउँगाउँमा परिचालन भएर पार्टीका राम्रा काम नागरिकसम्म पु¥याउन निर्देशन दिए । – रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*