पुलबाट खस्दा छोरीको मृत्यू, बुवा घाईते
भोजपुर, ४ बैशाख । ट्याम्केमैयुम गाउँपालिका -५ स्थित वाचिङले खोलाको काठको पुल तर्ने क्रममा पुलबाट खस्दा सोही गाउँपालिका-३ बस्ने ५ बर्षीया जेनिसा श्रेष्ठको मृत्यु भएको छ भने उनका ३३ वर्षीय बाबु भोजराज श्रेष्ठ घाइते भएका छन् ।
मंगलबार सोही गाउँपालिका-७ कोट स्थित ससुराली घर जाने क्रममा पुलबाट खसेर घाइते भएका उनीहरुलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी नागीमा पठाइएकोमा उपचारको क्रममा जेनिसाको मृत्यु भएको थियो । गम्भीर घाइते भोजराजलाई थप उपचारको लागि काठमाडौँतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
