समाचार

हेटौंडा १५ मा टोल विकासको उद्घाटन सँगै सरसफाई कार्यक्रम

मकवानपुर ५ साउन । हेटौंडाको ठुलोसुकौली टोल विकास संस्थाको उद्घाटन शुक्रावार गरिएको छ । हेटौंडा वडा नं १५ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमूख अतिथि महारत्न लामा र विशेष अतिथि तथा सुन्दर नेपाल सरसफाई अभियानका राष्ट्रिय निर्देशक विरबहादुर तामाङ्गले रिवन काटेर कार्यालयको उद्घाटन गरेका थिए । टोलविकासको उद्घाटन सँगै...

वी.पी. स्मृति दिवसको अवसरमा हेटौंडा अस्पतालका विरामीलाई फलफुल वितरण

मकवानपुर ५ साउन । नेपाली कांग्रेस मकवानपुरले युगनायक तथा राष्ट्रिय एकता र मेलमिलाप नीतिका प्रणेता जननायक बी.पी. कोईरालाको ३६ औं स्मृति दिवसको अवसरमा शनिबार विहान हेटौंडा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख अतिथ्यतामा वी....

तामाङ चलचित्र ‘घ्रान’ को आज प्रिमियर शो हुँदै

हेटौँडा, ०५ साउन । तामाङ चलचित्र ‘घ्रान’ (कसम) को पहिलो प्रिमियर शो आज हुँदैछ । तामाङको मौलिक भाषा तथा सँस्कृति र तामाङ समुदायकै कथामा आधारित ‘घ्रान’ को आज शनिबार दिउँसो १ बजे काठमाण्डौं जमलस्थित राष्ट्रिय नाचघरमा विशेष प्रिमियर शो गर्न लागिएको नायक सागर घिसिङले जानकारी दिएका छन् । चलचित्रको...

गायिका गैरे र गायक अधिकारीको नयाँ तीज गीत “कोरियन साडी ” बजारमा – हेर्नुहोस भिडियो

काठमाडौँ । नेपाली नारीहरुको महान पर्व तिजको पुर्व सन्ध्यामा गीत संगीत पारखीहरुका लागी फरक किसिमको लोक लयमा आधारित तिज गीत बजारमा आएको छ । गायिका इन्दिरा गैरे र खुमन अधिकारीको नयाँ तिज गीत “कोरियन सारी” बोलको गीत भिडियो सहित बजारमा आएको हो । यो गीत शरद पाण्डेले लेखेका हुन्...

पिपलचोरीमा आगलागी

उदयपुर, ४ साउन । उदयपुरको त्रियुगा नगरपालिका–५ पिपलचोरी बस्ने भरत दमाईको घरमा बिहीबार बिद्युत सर्ट भई आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर ६० वर्षीया वृद्धाको मृत्यु

काभ्रे, ४ साउन । काभ्रेको पाँचखाल नगरपालिका–३ लाम्दी बस्ने ६० वर्षीया पदमकुमारी हुमागाईको करेन्ट लागेर मृत्यू भएको छ । बिहीबार घाँस काट्ने क्रममा बिद्युतको लत्रेको तारबाट करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्विमिङ पुल र खोलामा डुबेर ६ जनाको मृत्यू

काठमाडौं, ४ साउन । मुलुकका विभिन्न स्थानहरुमा स्विमिङ पुल र खोलामा डुबेर ६ जनाको ज्यान गएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नारायणटार स्थित हिङ्स स्कुल भित्र रहेको स्विमिङ पुलमा बिहीबार नुहाउने क्रममा सोही स्कुलमा पेन्टिङ काम गर्ने खोटाङ घर भई काठमाडौं नारायणटार बस्ने २५ वर्षीय ईश्वर प्रधानको ज्यान गएको...

साढे ६ लाख चोरेर चोर फरार

काठमाडौं, ४ साउन । काठमाडौँ भएको दुई वटा घटनामा चोरहरुले करिब साढे ६ लाखभन्दा बढी बराबरको धनमाल चोरेर फरार भएका छन् । काठमाडौं महानगरपालिका–३२ खहरेचोक डेरा गरी बस्ने उदयपुर घर भएका कर्ण अधिकारीको कोठाबाट ल्यापटप, नगद तथा सुनका बिभिन्न गरगहना गरी करीव २ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल...

सवारी दुर्घटनामा दुई महिलाको ज्यान गयो

काठमाडौं, ४ साउन । बारा र बर्दियामा भएको दुई छ्ट्टा–छुट्टै दुर्घटनामा परी २ जना महिलाको ज्यान गएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधाभार जंगलमा पर्ने सडकमा नम्बर नखुलेको सवारी साधनले पहिचान खुल्न नसकेकी मागी खाई हिँड्ने अंदाजी ६० वर्षीया महिलालाई बिहीबार ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ ।...

रासकोटीले कुटेपछि युवकको ज्यान गयो

गुल्मी, ४ साउन । गुल्मीको छत्रकोट गाउँपालिका–२ पल्लीकोट बस्ने ३४ वर्षीय शेरबहादुर रासकोटीको कुटपिटबाट मृत्यु भएको छ । उनलाई बुधबार सोही ठाउँ बस्ने ३१ वर्षीय रुकबहादुर रासकोटीले पैसा लेनदेनको बिषयमा कुटपिट गरेका थिए । घटनाको खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले रुकबहादुरलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको...