समाचार

श्रीमतीको हत्याको आरोपमा श्रीमान पक्राउ

ईलाम, ०४ साउन । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा सूर्योदय नगरपालिका–२ बौद्धधाम बस्ने ४८ वर्षीय केशरबहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । मोक्तानले बुधबार राती आफ्नै ५१ वर्षीया श्रीमती मनमायाँ मोक्तानको कालगतिले मृत्यु भएको भनि स्थानीयलाई खबर गरेको भएपनि श्रीमान श्रीमतीको झगडामा केशरबहादुरले बाँसको लाठीले कुटपिट गर्दा मनमायाको मृत्यु...

लागुऔषधसहित किशोर पक्राउ

काठमाडौं,४ साउन । बारा कलैया नगरपालिका–७ बस्ने १८ वर्षीय अजित सिंहलाई नियन्त्रित लागूऔषध फेनारगन ५० एम्पुल, नोर्पिmन ५० एम्पुल र डाईजेपाम ५० एम्पुल सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गामा बीरगंजबाट काठमाडौं आउँदै गरेको ना.७ ख ३४८० नम्बरको यात्रुबहाक बसलाई चेक गर्दा सिंहले बोकेको झोलाबाट उक्त...

सुनका गहना सहित पक्राउ

काठमाडौं, ४ साउन । काठमाडौं महानगरपालिका–१६ नयाँ बसपार्क स्थित कमल गेष्ट हाउसमा बस्ने सुनसरी धरान नगरपालिका–१ घर भएका २४ वर्षीय आशिष श्रेष्ठलाई श्रोत नखुलेको सुनको गहनासहित पक्राउ गरिएको छ । उनलाई महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत बालाजुबाट खटिएको संयुक्त प्रहरी टोलीले स्रोत नखुलेको करीब १ लाख ५०...

हेटौँडाबाट ४ ट्याक्टर र १ टिप्पर नियन्त्रण

मकवानपुर, ०४ साउन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा नगर क्षेत्रबाट ४ वटा ट्याक्टर र १ वटा टिप्परलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतबाट खटेको प्रहरी टोलीले हेटौडा नगरका बिभिन्न स्थानबाट ना ५ त ८०८८, ना ४ त ५९१९, ना ३ त २९१३, ना ४...

मकवानपुरका एक जना ११ वर्षपछि भिमफेदी जेल चलान

मकवानपुर, ०४ साउन । अदालतले जेल सजायका साथै जरिवा तोकी फरार रहेका मकवानपुरका एक पुरुषलाई ११ वर्षपछि जेल चलान गरिएको छ । दुई मुद्धामा १५–१५ वर्ष गरी ३० वर्ष सजाय तोकिएका मकवानपुरको तात्कालिन नामटार गाविस वडा नम्बर ४ बस्ने ५२ वर्षीय दशरथ परियारलाई बिहीबार भिमफेदी जेल चलान गरिएको हो...

हेटौँडामा प्रदेशसभाको बैठक फेरि स्थगित

हेटौँडा, ०४ साउन । काँग्रेसको अवरोधपछि बिहीबार स्थगित गरिएको प्रदेशसभा बैठक शुक्रबार समेत स्थगित भएको छ । शुक्रबार प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौँडामा बस्ने तय गरिएको प्रदेश सभा ३ को प्रदेशसभा बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको हो । आज बिहान ११ बजेका लागि प्रदेशसभा भवन...

हेटौंडा उपमहानगरपालिकाले गराएन लेखा अधिकृत ढकाललाई कार्यालयमा हाजिरी

मकवानपुर ३ साउन । मकवानपुरको हेटौंडा उप–महानगरपालिकाको कार्यालयले लेखा अधिकृत देवराज ढकाललाई कार्यालयमा हाजिरी नगराउने निर्णय गरेको छ । महालेखा नियन्त्रकको कार्यालयको चलानी नम्बर ९७१ को पत्र बमोजिम ढकालाई सिचाई विकास डिभिजन मकवानपुरबाट नगरपालिकाको कार्यालयमा सरुवा गरेको थियो । तर नगरपालिकाले ढकाललाई हाजिरी नगराउने भन्दै महालेखालाई नै जानकारीपत्र पठाएको...

माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयो : काँग्रेस सभापती देउवा

काठमाडौँ ३ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको काठमाण्डौका सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रतिनिधिसभाको बैठक सारिएकामा संसद् परिसर...

काठमाण्डौमा इक्यान शैक्षिक मेलाआजदेशि शुरु

काठमाडौँ, ३ साउन । नेपाल शैक्षिक परामर्श संघ इक्यानको १२औँ शैक्षिक मेला आजदेखि भृकुटीमण्डपमा शुरु भएको छ । मेलाको आज यहाँ परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गर्नुभयो । उहाँले विदेशमा नेपाली विद्यार्थीलाई पढाउन पठाए जस्तै नेपाललाई पनि विदेशी विद्यार्थीका लागिसमेत शैक्षिक गन्तव्य बनाउन सकिने बताए । उनले नेपालमा बौद्ध...

गण्डकी प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन शुरु

पोखरा ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशसभामा विशेष सम्बोधन शुरु गरेका छन् । प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा प्रधानमन्त्रीले सम्बोधन गरिरहेका छन् । संघीय संरचनापछि प्रथमपटक आलीले गण्डकी प्रदेशसभामा सम्बोधन गर्नलागेका हुन् । प्रदेशसभा सचिवालयमा प्रधानमन्त्री ओलीलाई सभामुख नेत्रनाथ अधिकारी, प्रदेश प्रमुख बाबुराम...