साउने सोमबारको रौनक मकवानपुरमा पनि भगवान शिवको पुजा गरी मनाईदै

तु खबर संवाददाता
२०७५ श्रावण १४, सोमबार १२:१८
file-photo

मकवानपुर १४ साउन । हिन्दु धर्मालवम्बीहरुले साउन महिनाको सोमबारलाई विशेष दिनको रुपमा लिने गरेका छन् । भोलेनाथको महिमाको रुपमा साउनलाई लिने गरेका महिलाहरुले यस दिनमा पुजा आराधाना गर्ने प्रचलन रहेको छ ।

साउन महिनामा पनि सोमबार मुख्य रहन्छ । शिवका मन्दीरहरुमा पुजा गर्ने अनि कुमारी केटीहरुले शिव जस्तै श्रीमान पाउँ भन्दै सोमबार ब्रत बस्ने गरेका छन् । मुलुकमा विभिन्न शिवका मुर्तीहरुमा पुजा आराधना गर्नको लागि सोमबार विहानैदेखि लामो भिढ देखिने गरेको छ ।

मकवानपुरमा पनि साउने सोमबार पशुपतिनाथको मन्दीर भुवनेश्वरको मन्दीर महिलाहरुको बढि उपस्तिथि रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*