सिडिओ बुढालाई मकवानपुरका विभिन्न संघसस्थाले बिदाई गरे
मकवानपुर १४ साउन । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाको कास्की जिल्लामा सरुवा भएको छ भने उनको ठाउँमा सिन्धुपाल्चोकबाट आसमान तामांग आउने भएका छन ।मकवानपुरबाट सरुवा भएपछि उनको बिभिन्न संघसंस्थाहरुले बिदाइ कार्यक्रम गरिरहेका छन्।
जिल्ला समन्वय समिति मकवानपुरले पनिआईतबार एक कार्यक्रमको आयोजना गरि वहाको बिदाइ कार्यक्रम गरेको छ। जिल्ला समन्वय समितिका रामकृष्ण थापाले संचालन गर्नु भएको कार्यक्रममा स्थानीय बिकाश अधिकारीनारायण प्रसाद मैनाली , प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा लगायत जिल्ल्ला समन्वय समितिका अध्यक्ष रघु खुलालले आफ्नो मन्तब्य राख्नु भएको थियो।
स्थानीय बिकाश अधिकारी नारायण प्रसाद मैनालीले समग्र निजामती कर्मचारीको नेतृत्व गर्नु भएका प्रमुख जिल्ला अधिकारीले समग्र कर्मचारीको शिर उचो गरेको बताउदै प्रमुख जिल्ला अधिकारी बुढा व्यवहारमा सरल र निर्णयमा दृढ रहेको भन्दै वहाको कार्यशैलीको प्रसंशा गरे। यसैगरी प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले आफुले स्थानीय बिकाश अधिकारीको रुपमा अन्य ठाउमा काम गरेको भएपनि प्रमुख जिल्ला अधिकारीको रुपमा यो जिल्ला पहिलो रहेको बताउनु भयो।
जिल्लामा शान्ति सुरक्षा लगायत अमन चयन कायम गराउन राजनीतिक दल लगायत नागरिक समाजको समेत उलेख्य सहयोग रहेको बताउदै एतिहासिक चुनाब शान्तिपूर्ण रुपमा सम्पन्न गर्नुमा सबैको साथ् र सहयोग रहेको बताउनु भयो ।
आफ्नो ११ महिना ३ दिनको कार्यकालमा सर्वसाधारणलाई दिने सेवा छिटो र छरितो बनाएको बताउदै प्रतिनिधिहरुलाई समेत फोन गरिदिएर समस्यामा सहजीकरण गरेको बताए। प्रदेश को राजधानी हेटौडा भएकोमा सम्पूर्ण मकवानपुरबासीलाइ बधाई दिदै जिम्मेवारीको सिलशिलामा अहिले बाहिर भएपनि पुन यो ठाउमा मन्त्रालयको जिम्मेवारीमा आउन सक्ने तर्फ इंगित गर्नुभयो।
कार्यक्रमका अध्यक्षता गरि रहनु भएका जिल्ला समन्वय समितिका अध्यक्ष रघु खुलालले जस्तोसुकै समस्या आउदा पनि छलपलबाट निकास निकाल्ने क्षमताको प्रशंशा गर्दै प्रमुख जिल्ला अधिकारी बुढाबाट धेरै कुरा सिक्ने मौका मिलेको बताउनु भयो। बिदाइ कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्यहरु , जिल्ला प्रहरी प्रमुख बुद्दिराज गुरुङ, भीमफेदी गाउपालिका अध्यक्ष हृदम लामा लगायतहरुको उपस्थिति रहेको थियो।
