दुर्गा प्रसाई र पुर्वमन्त्री गगन थापालाई कारबाहीको माग गर्दै बंगलादेशका विद्यार्थी आन्दोलित
मकवानपुर १४ साउन । नेपाल स्टुडेण्ट युनियन बंगलादेशले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले गलत अभिव्यक्ति दिएको भन्दै आपत्ती जनाएको छ । युनियनले प्रसाईमाथि कानूनी कारबाही तथा थापाले माफी माग्नु पर्ने भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।
प्रसाईले बंगलादेशमा मेडिकल शिक्षा अध्यययनरत महिला तथा थापाले त्यहाँको शिक्षाको गुणस्तरमाथि कपोलकल्पित अभिव्यक्ति दिएकाले आन्दोलनका कार्यक्रम घोषणा गरिएको युनियन अध्यक्ष राजु साहले जानकारी दिए ।


