विपद्का कारण बैशाखयता मात्रै मुलुकभर साढे ४ सयको मृत्यु

तु खबर संवाददाता
२०७५ श्रावण १४, सोमबार १४:३७

मकवानपुर १४ साउन । मुलुकभर बसाख १ देखि ४ सय ५५ जनाको ज्यान गएको एक तथ्याङकले जनाएको छ ।

गृह मन्त्रालयको एक तथ्याङकका अनुसार वैशाख १ देखि साउन १२ सम्म मात्रै पानीमा डुवेर आगलागी, बाढी, पहिरो ,लगाएतका विपदबाट अधिकाँशको मृत्यू भएको छ ।

मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको जानकारी अनुसार लेक लाग्नुबाट १२ जनाको ,डुबेर २ सय ७२ जनाको, आगालागीबाट १० जनाको, डुंगा पल्टिएर १ जनाको, चट्याङबाट ४० जनाको , पहिरोबाट ४३ जनाको , बाढीबाट २८जनाको र वर्षात्बाट ७, जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३ सय ९ पुरुष र १ सय ४६ महिला छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*