भिमफेदी गाईजको नयाँ भिडियो ‘सोल्टिनी सारै मन पर्यो’ सार्वजनिक
मकवानपुर, १४ साउन । चर्चित कलाकार बाबु मोक्तान (बि.एल.) को नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मोक्तानको आवाज तथा भिमफेदी गाईजको फिचरिङ रहेको म्यूजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको हो ।
गायक मोक्तानसहित आशुसेन लामाको शब्द र संगीत रहेको गीतलाई बबीराज घतानीले एरेन्ज गरेका हुन् । भिमफेदी गाईजका निर्मल लामा, मिथुन लामा, मनजीत लामा, अञ्जन लामा, सबिन लामा सहित रिना राई, मञ्जु लामा र पासाङ तामाङको अभिनय रहेको गीतको भ्यूडियोमा भिमफेदी गाईजकै कोरियोग्राफी रहेको छ । निर्मल लामा (बि.जी.) निर्देशन गरेको भिडियोमा विशाल सुस्लिङले छायाँकनको जिम्मा लिएका छन् ।
सार्वजनिक भएको ‘सोल्टिनी सारै मन पर्यो’ बोलको गीत उनको ‘वेदनाको घाउ’ एल्बममा समावेश गरिएको छ । गायक मोक्तानले यस एल्बममा स्याउ खानु रसिलो मार्फाको , हृदयमा वेदनाको घाउ , धेरै नसा पिउने बानी जस्ता गीतहरु समावेश गरी सार्वजनिक गर्ने तयारी गरेका छन् । सार्वजनिक गीतलाई राधा लामाले निर्माण गरेका हुन् । हेर्नुहोस् गीतको भिडियो–
