मउवा संघको आन्दोलनको दोस्रो दिन, बिहान केहि घण्टा बन्द भएका पसल भर्खरै सुचारु भए

तु खबर संवाददाता
२०७५ श्रावण १४, सोमबार १३:४९

मकवानपुर १४ साउन । नो पार्किङको विरुद्धमा मकवानपुर उद्योग वाणिज्य संघको आन्दोलनको दोस्रो दिन आज ११ बजेसम्म हेटौंडाका व्यवसायीहरुले पसल बन्द गरेर विरोध प्रदर्शन गरेका छन् ।

नो पार्किङको विषयमा बिबाद आएपछि उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाकै नेतृत्वमा बनेको समितिले बुझाएको प्रतिवेदनकै वेवास्ता उपमहानगरले गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको घोषणा गरी आन्दोलन गरिरहेको थियो ।

यसैबीच आन्दोलनको दास्रो दिन आज बन्द गरिएका हेटौंडाका पसल भर्खरै मात्र खुलेका छन् । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालका अनुसार भोलि साउन १५ गते भने कुनैपनि आन्दोलनको कार्यक्रम नरहेको र उपमहानगरपालिकाले अझै पनि वास्ता नगरे आन्दोलनको सेडुल अनुसार साउन १६ गते नगरपालिकाकै कार्यालयमा शान्तिपुर्ण धर्ना दिईने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*