समाचार

मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न आयोगको आह्वान

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै मध्यावधि निर्वाचनको लागि दल गर्दा गर्न आह्वान गरेको हो । आयोगले दल दर्ताको लागि आगामी असार ३१ गतेदेखि साउन १५ गतेसम्‍म समय तोकेको छ । सरकारले संसद विघटन...

मकवानपुरमा सोमबार ९९ जना संक्रमणमुक्त

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, विभिन्न मितिमा कोरोना संक्रमण भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा बसेको ९९ जना सोमबार संक्रमणमुक्त भएका हुन् । जिल्लामा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या १० हजार ३ सय ७७...

संसद विघटनको मुद्दामा बहस सकियो

मकवानपुर । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धाको बहस सकिएको छ । अब संवैधानिक इजलास असार २८ गते बस्ने जनाइएको छ । सोमबारसम्म रिट निवेदक र विपक्षीको बहस र एमिकस क्युरीको राय सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दा हेर्दाहेर्दैमा राखेर असार २८ गतेका लागि पेशी तोकेका हुन् ।

हेटौँडाबाट चार जना प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध कारोबार गर्ने चार जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित पूर्वपश्चिम राजमार्ग लोकमार्ग सडकखण्डबाट लागूऔषध नाईट्रोभेट १५० ट्याब्लेटसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौँडा–१० बस्ने २३ वर्षीय बिवेक न्यौपाने, हेटौँडा–५ बस्ने १९ वर्षीय एडी चौधरी, काभ्रेको...

कोरोना संक्रमणबाट मकवानपुरमा थप एक जनाको मृत्यु

मकवानपुर । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट हेटौँडाका थप एक जनाको मृत्यु भएको छ । संक्रमणबाट मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ का ७८ वर्षीय एक पुरुषको मृत्यु भएको हो । उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । ती पुरुषमा गत असार...

हेटौँडाका ३५ जना कांग्रेसमा प्रवेश

मकवानपुर । विभिन्न पार्टी परित्याग गरी हेटौँडाका २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी हेटौँडा उपमहानगरपालिकाको दुई वडाका ३५ जना कांग्रेसमा प्रवेश गरेका हुन् । आज हेटौँडा उपमहानगरपालिका वडा नम्वर १५ साविक चुरियामाई ६ का पूर्व वडाध्यक्ष मन्तसिं योञ्जन...

विभिन्न मुद्दामा फरार हेटौँडाका दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मुद्दामा फरार हेटौँडाका दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैद सजाय तोकि फरार रहेका एक जना र सवारी ज्यान मुद्दामा ९ दिन कैद रु. २ हजार जरीवाना तोकी फरार रहेका एक जना गरी दुई जनालाई पक्राउ गरेको...

सर्वोच्चको फैसला अगावै निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको भन्दै कांग्रेसको आपत्ती

मकवानपुर । निर्वाचन कार्यतालिका सार्वजनिक गरेकोप्रति नेपाली कांग्रेसले विरोध जनाएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्धाको फैसला हुनु अगाबै निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको भन्दै कांग्रेसले विरोध जनाएको हो । कांग्रेस नेता आनन्द ढुंगानाले प्रतिनिधिसभा विघटनको मुद्दामाथि सर्वोच्चमा अन्तिम सुनुवाइ चलिरहेको बेलामा निर्वाचन आयोगले कार्यतालिका...

काठमाडौंको माइतीघरमा सरकारविरुद्ध प्रदर्शन

काठमाडौं । विपक्षी गठबन्धन निकटका ५ विद्यार्थी संगठनले सरकारविरुछ प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंको माइतीघरमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, माधव नेपाल समूह निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौं)ले प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रपति–प्रधानमन्त्री संविधान पढ लगायतका नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रतिनिधिसभा...

हेटौँडाबाट लागूऔषधसहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवनको कालिका नगरपालिका वडा नम्वर १ जुटपानी बस्ने अन्दाजी २३ वर्षीय रविन बिक र सोही नगरपालिका वडा नम्वर ७ बस्ने २२ वर्षीय अर्जुन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुलाई ईलाका प्रहरी...