विभिन्न मुद्दामा फरार हेटौँडाका दुई जना पक्राउ

तु खबर संवाददाता
२०७८ असार २१, सोमबार १६:००

मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मुद्दामा फरार हेटौँडाका दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैद सजाय तोकि फरार रहेका एक जना र सवारी ज्यान मुद्दामा ९ दिन कैद रु. २ हजार जरीवाना तोकी फरार रहेका एक जना गरी दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ज्यान मानेए उद्योग मुद्दामा कैद सजाय तोकिएको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ बस्ने २७ वर्षीय मिथुन तितुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

मकवानपुर जिल्ला अदालत हेटौँडाको मिति २०७७ साल माघ २८ गतेको फैसलाले ज्यान मार्ने उद्दोग मुद्दामा कैद सजाय तोकी फरार रहेका तितुङलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटीएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो ।

हेटौँडा उपमहानगरपालिका वडा नम्वर २ बाट पक्राउ परेका उनलाई जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएकोमा उक्त कैद भुक्तानको लागी कारागार कार्यालय भीमफेदी पठाउने कार्य भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले मकवानपुर जिल्ला अदालत हेटौँडाको फैसलाले सवारी ज्यान मुद्दामा ९ दिन कैद रु. २ हजार जरीवाना तोकी फरार रहेका हेटौँडा उपमहानगरपालिका–९ बस्ने ४७ वर्षीय कमल पराजुलीलाई पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार हेटौँडा–९ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको प्रहरी निरीक्षक दासले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*