हेटौँडाका ३५ जना कांग्रेसमा प्रवेश
मकवानपुर । विभिन्न पार्टी परित्याग गरी हेटौँडाका २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी हेटौँडा उपमहानगरपालिकाको दुई वडाका ३५ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
आज हेटौँडा उपमहानगरपालिका वडा नम्वर १५ साविक चुरियामाई ६ का पूर्व वडाध्यक्ष मन्तसिं योञ्जन र युवा व्यवसायी सञ्जयकुमार लामाको नेतृत्वमा हेटौँडा–१२ र १५ का ३५ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले टिका लगाएर पार्टीको सदस्यता दिई स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता बानियाँले कांग्रेसमा लागेर कसैले पनि पछुताउन नपर्ने बताउँदै क्षमता, दक्षता र लगनशिलताको आधारमा पार्टीमा उचित स्थान दिईने बताए ।
कम्युनिष्टले जस्तो झुठो आश्वासनको पुलिंदा कांग्रेसले नबाढ्ने भन्दै नेता बानियाँले नेपालमा बेरोजगारी संख्या बढिरहेकाले आफू अहिले रोजगारी बढाएर युवाहरुलाई उद्यमशील बनाउन लागिरहेको बताए ।
उक्त कार्यक्रममा कांग्रेस जिल्ला सदस्य दोर्जे लामा स्याङतान, प्रतिनिधिसभा १ का संघिय सभापति दामोदर खनाल, प्रदेशसभा पति लोक मुक्तान, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, नगर सदस्य गणेश ब्लोन, हेटौंडा १५ का कार्यबहाक सभापति नवराज घलान, हेटौंडा १५ का वडाध्यक्ष महारत्न लामा, जनजाति महासंघ नगर सभापति हर्करत्न लामालगायतको उपस्थिति रहेको थियो ।
