कोरोना संक्रमणबाट मकवानपुरमा थप एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ असार २१, सोमबार १६:४१
सांकेतिक तस्वीर

मकवानपुर । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट हेटौँडाका थप एक जनाको मृत्यु भएको छ ।

संक्रमणबाट मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ का ७८ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

ती पुरुषमा गत असार १७ गते कोरोना पुष्टि भई असार १८ गते हेटौँडा अस्पतालमा भर्ना गरेका थिए ।

यससँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १ सय ३१ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*