मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न आयोगको आह्वान

तु खबर संवाददाता
२०७८ असार २१, सोमबार १७:४०

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै मध्यावधि निर्वाचनको लागि दल गर्दा गर्न आह्वान गरेको हो । आयोगले दल दर्ताको लागि आगामी असार ३१ गतेदेखि साउन १५ गतेसम्‍म समय तोकेको छ ।

सरकारले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेको थियो । आयोगले सो अनुसार कार्यतालिका सार्वजनिक गरेको हो ।

त्यस्तै कात्तिक २६ गते हुने प्रत्यक्ष निर्वाचनका लागि असोज २१ देखि असोज २६ गतेसम्मको निर्वाचन कार्यक्रम बनाएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि असोज ३१ देखि कात्तिक ५ गतेसम्मको निर्वाचन कार्यक्रम बनाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*