मकवानपुरमा सोमबार ९९ जना संक्रमणमुक्त

तु खबर संवाददाता
२०७८ असार २१, सोमबार १७:२१
filr-photo

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, विभिन्न मितिमा कोरोना संक्रमण भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा बसेको ९९ जना सोमबार संक्रमणमुक्त भएका हुन् ।

जिल्लामा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या १० हजार ३ सय ७७ जना पुगेको छ ।

जिल्लामा हालसम्म ११ हजार ३ सय २६ जनामा कोरोना पुष्टि हुँदा १० हजार ३ सय ७७ जना संक्रमणमुक्त भएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा जिल्लामा ७५ जनामा कोरोना पुष्टि भएको हो । थप ९४ जनाको पीसीआर परीक्षण गर्दा ३५ जना र १ सय ९३ जनामा गरिएको एन्टीजेन परीक्षणबाट ४० जना गरी ७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी जिल्लामा पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको कूल संख्या १ सय ३१ जना पुगृेको छ । पछिल्लो २४ घण्टामा मनहरी गाउँपालिका वडा नम्वर २ का ७८ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*