समाचार

माओवादी र कांग्रेसको विरोधपछि बागमती प्रदेशसभाको बैठक अवरुद्ध

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज ३ मिनेट बसेर स्थगित भएको छ । आज सोमबार १ बजेका लागि आह्वान गरिएको बैठक तोकिएको समयभन्दा ४० मिनेट ढिलो गरी सुरु भई ३ मिनेट बसेर  स्थगित भएकोहो । विपक्षी दलहरुको अवरोधका कारण बागमती प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि...

हेटौँडामा गाइनो हस्पिटल संचालन गर्ने

मकवानपुर । लायन्स क्लब अफ हेटौंडाले क्लबको स्वामित्वमा रहेको हेटौँडा उपमहानगरपालिका वडा नम्वर ९ कर्राको जग्गामा गाइनो हस्पिटल संचालन गर्ने भएको छ । क्लबको आफ्नो ४४ औं पदस्थापना कार्यक्रममा क्लबको योजना सार्वजनिक गरिएको हो । क्लबका ववर्ष २०२१/०२२ अध्यक्ष माधव न्यौपानेले हस्पिटलको योजनालाई अर्जुनदृष्टिले हेरेर काम सुरु गर्ने बताए...

कोरोनाबाट कांग्रेस दैलेखका पूर्व पार्टी सभापतिको निधन

सुर्खेत । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट नेपाली काँग्रेस दैलेखका पूर्व पार्टी सभापति जगतजंग थापाको निधन भएको छ। सभापति थापाको सोमबार बिहान ३ बजे दैलेख अस्पतालमा निधन भएको दैलेखका काँग्रेस पार्टी सचिव भुपेन्द्र शाहीले जानकारी दिए । थापा दैलेखको राजनीतिमा भद्र, सालिन छवि बनाएका राजनीतिज्ञमा स्थापित नेता हुन् । उनी पञ्चायत...

अवरुद्ध बागमती प्रदेशसभा बैठक पुनः आज बस्दै

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ । आइतबार बिहान ११ बजे बोलाइएको प्रदेशसभा बैठक अपराह्न ३ बजेका लागि सारिएको थियो । सो बैठक विशेष कारणवस् आज दिउँसो १ बजेका लागि सारिएको बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले...

मकवानपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका वडा नम्वर ९ मरुवाडाँडा बस्ने ५७ वर्षीय बिरबहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार, प्रजाको स्थानीय गोराङ्दी खोलाले बगाउँदा मृत्यु...

जिसस मकवानपुरको ७८ औं बोर्ड बैठक सम्पन्न

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको ७८ औं बोर्ड बैठक आइतबार सम्पन्न भएको छ । बैठक जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको हो । उक्त बैठकले समन्वय समितिकी सदस्य सानोकन्छी स्याङतानको निधन प्रति शोक प्रस्ताब पारित गर्नुका साथै अन्य विभिन्न निर्णय गरेको छ । बैठकले जिसस मकवानपुरकी...

हेटौंडाका ३ सय घरपरिवारलाई खाद्य सामाग्री वितरण

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ का ३ सय घरपरिवारलाई खाद्य सामाग्री वितरण गरेका छन् । नेता बानियाँको विषेश पहलमा कोरोना माहामारी र वर्षातका कारण समस्यामा परेका हेटौंडा उपमहानरपालिका १५ नम्बर वडाको चिप्लेडी, भोर्ले र...

देशका विभिन्न भागहरुमा भारी बर्षाको सम्भावना

काठमाडौं । आज देशका विभिन्न भागहरुमा भारी बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको र प्रदेश नम्बर–१, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । प्रदेश–१, प्रदेश–२, वाग्मती र गण्डकीका केही...

काठमाडौँमा भूकम्पको धक्का महशुस

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महशुस गरिएको छ । खानी तथा भूगर्भ विभागका अनुसार काठमाडौंको कुलेश्वरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । विभागको अनुसार आज बिहान साढे ६ बजे कुलेश्वरलाई केन्द्रविन्दु बनाएर ३.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।

हेटौंडाको नेम ईन्टिच्युटले निःशुल्क ब्रिज कोर्ष पढाउने

मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको नेम ईन्टिच्युटले एसईई दिएर बसेका विद्यार्थीहरुलाई अनलाईन मार्फत निःशुल्क ब्रिज कोर्ष पढाउने भएको छ । ईन्टिच्युटले आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै एसईई दिएर बसेका विद्यार्थीहरुलाई निःशुल्क ब्रिज कोर्ष गराउने तयारी गरेको जानकारी दिए । कोरोना संक्रमण जोखिमको कारण निषेधाज्ञाले घरमै बसेका विद्यार्थीहरु मदत...