समाचार

नेपाल फकाउँदै ओली

काठमाडौं ।, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट रहेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने प्रयास जारी राखेका छन् । शनिबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बहिष्कार गरेका नेपाल समूहलाई पार्टीमै फर्काउने प्रयास गरिएको हो । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले एमालेलाई फुट्नबाट जोगाउन वरिष्ठ...

बसामाडी जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु

मकवानपुर । बसामाडी जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रमको आज पहिलो दिन हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० भुटनदेवी मन्दिरमा दिप प्रज्वलन कार्यक्रमसहित २० थान कुर्सी हस्तान्तरण गरिएको छ । उक्त कुर्सी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामनाम श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । कार्यक्रम जेसीज २०२१ का अध्यक्ष...

मकवानपुरमा निषेधाज्ञा असार ३१ गतेसम्म थपियो

मकवानपुर । कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोगथाम तथा नियन्त्रणका लागि मकवानपुरमा जारी गरिएको निषेधाज्ञा अझै एक साताभन्दा बढी थप गर्ने निर्णय गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । सो बैठकले भोलि असार २१ गते राति १२ बजेदेखि असार...

थप १६०३ जनामा कोरोना पुष्टि, २५५२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो ३४ घण्टामा एक हजार ६ सय ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार १ सय ३२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै,...

जीप दुर्घटनामा तीन जनाको मृत्यु, ११ जना घाइते

बैतडी । बैतडीको सिगास गाउँपालिका– ३ बाट डडेलधुरातर्फ गइरहेको से १ ज ७३९ नम्बरको जीप लगन भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सिगास– ३ का ४५ वर्षीय जयसिंह धामी, सोही वर्षका मानसिंह साउद र ६४ वर्षीय रामसिंह धामी रहेको बैतडी प्रहरीले जनाएको छ...

अवरुद्ध बागमती प्रदेशसभा बैठक पुनः सुचारु हुने

मकवानपुर । बागमती प्रदेशसभाको बैठक भोलि सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । आज बिहान ११ बजे बोलाइएको बैठक अपराह्न ३ बजेका लागि सारिएको थियो । सो बैठक विशेष कारणवस् भोलि दिनको १ बजेसम्मका लागि स्थगित गरिएको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको यसअघि शनिबार बसेको...

मकवानपुरका मोक्तान प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानवुरको राक्सिराङ गाउँपालिका ८ बस्ने २६ वर्षीय सुदिप मोक्तान रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । माक्तानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नम्वर ८ सिमपानीस्थित...

बागमती प्रदेशसभा बैठक सूचारु गर्न प्रतिपक्ष दलहरुसँग छलफल

मकवानपुर । बागमती प्रदेशसभाको बैठक सुचारु गर्नका लागि सभामुख सानुकुमार श्रेष्ठले सत्तारुढ र प्रतिपक्ष दलहरूसँग छलफल सुरु गरेका छन् । सभामुख श्रेष्ठको निवास हेटौंडा उपमहानगरपालिका– १९ मा रहेको सरकारी निवासमा अवरुद्ध प्रदेशसभा बैठक खुलाउने विषयमा छलफल भइरहेको जनाइएको छ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटको...

हेटौँडाबाट सुधारगृहका संचालक लागूऔषधसहित पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित हेटौँडाका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ बस्ने ३५ वर्षीय राजिव नरसिंह र सोही नगरपालिका वडा नम्वर ९ बस्ने जोएल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनीहरुलाई जिल्ला...

दुई मिनेट कुरा गरेपछि बाँकी कल निःशुल्क

काठमाडौं । स्मार्ट टेलिकम नामक मोबाइल सेवा प्रदायक कम्पनीले स्मार्ट नेटवर्कभित्र दुई मिनेट कुरा गरेपछि बाँकी कल निःशुल्क हुने नयाँ स्कीम ल्याएको छ । लामो कुराकानीलाई लक्षित गर्दै कम्पनीले यस्तो नयाँ स्कीम सार्वजनिक गरेको हो । स्मार्ट टेलिकमका ग्राहकले पहिलो २ मिनेट मुल रकमबाट कुराकानी गरेपछि अनलिमिटेड कुराकानी गर्न...