बागमती प्रदेशसभा बैठक सूचारु गर्न प्रतिपक्ष दलहरुसँग छलफल

तु खबर संवाददाता
२०७८ असार २०, आईतवार १५:४५
file-photo

मकवानपुर । बागमती प्रदेशसभाको बैठक सुचारु गर्नका लागि सभामुख सानुकुमार श्रेष्ठले सत्तारुढ र प्रतिपक्ष दलहरूसँग छलफल सुरु गरेका छन् ।

सभामुख श्रेष्ठको निवास हेटौंडा उपमहानगरपालिका– १९ मा रहेको सरकारी निवासमा अवरुद्ध प्रदेशसभा बैठक खुलाउने विषयमा छलफल भइरहेको जनाइएको छ ।

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटको विनियोजन विधेयकमाथि छलफलका क्रममा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष दल नेपाली काँग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले संविधान र प्रकृयाको विपरित काम गरेको भन्दै संसद् अवरुद्ध पारेका छन् ।

प्रदेश सरकारले पी.एल.एम.बी.आइ.एस सिस्टममा बजेट प्रविष्ट नगरी संविधान र विधि मिचेर बजेट विवरणको २ प्रकारका पुस्तक प्रकाशन गर्नु संसद्को अवहेलना भएको भन्दै उनीहरुले शनिबारको प्रदेशसभाको बैठक अवरुद्ध गरेका थिए ।

त्यस्तै, उनीहरुले बागमती सराकरले सशर्त तर्फको बजेटमा सत्तापक्ष र प्रतिपक्षका सांसद् तथा स्थानीय तहहरूबीच विभेद गरेको, प्रदेश सरकारको स्वामित्वमा आमसञ्चार गृह सञ्चालनले प्रेस स्वतन्त्रतामाथि नै प्रहार भएको, विद्युतीय बस खरिद र सुरुङ मार्ग निर्माण जस्ता निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*