थप १६०३ जनामा कोरोना पुष्टि, २५५२ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो ३४ घण्टामा एक हजार ६ सय ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार १ सय ३२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ५२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २७ जना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेका कूल संख्या ९ हजार २ सय २५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, हाल देशभरका ९ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।
