बसामाडी जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु
मकवानपुर । बसामाडी जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ ।
सप्ताहव्यापी कार्यक्रमको आज पहिलो दिन हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० भुटनदेवी मन्दिरमा दिप प्रज्वलन कार्यक्रमसहित २० थान कुर्सी हस्तान्तरण गरिएको छ ।
उक्त कुर्सी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामनाम श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रम जेसीज २०२१ का अध्यक्ष गौतम केसीको सभाध्यक्षता हेटौंडा जेसिजका पुर्ब अध्यक्ष, बसामाडी जेसीजको अध्यक्ष सल्लाहकार, ने.का. प्रभावशाली नेता अशोक शाक्यको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रम संचालकको रुपमा बर्ष २०२१ का महासचिव चिराग अग्रवाल रहेका छन् ।
जेसिज सप्ताह आजदेखि आगामी असार २६ गतेसम्म हुने अध्यक्ष केसीले बताए ।
