देशका विभिन्न भागहरुमा भारी बर्षाको सम्भावना

तु खबर संवाददाता
२०७८ असार २१, सोमबार ०८:४७

काठमाडौं । आज देशका विभिन्न भागहरुमा भारी बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको र प्रदेश नम्बर–१, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रदेश–१, प्रदेश–२, वाग्मती र गण्डकीका केही स्थानहरुमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।

पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला तथा खहरेखोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*