मकवानपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ असार २१,सोमबार ०९:४६

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका वडा नम्वर ९ मरुवाडाँडा बस्ने ५७ वर्षीय बिरबहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार, प्रजाको स्थानीय गोराङ्दी खोलाले बगाउँदा मृत्यु भएको हो ।

बिहान जनतारबाट घर हिडेका प्रजालाई खोला तर्ने क्रममा खोलाले बगाएको थियो । उनको शव दिउँसो फेला परेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*