समाचार
जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
सुर्खेत । कालीकोटको नरहरिनाथ गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिकाबाट मान्मा जाँदै गरेको प १ ल २३ नम्बरको जिप नरहरिनाथ गाउँपालिकाको लालिघाटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका–३ की ३५ वर्षीया पम्फा फडेरा रहेका...
भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि
काठमाडौं । कोरोनाभाइर (कोभिड–१९) विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाउन सुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको हो । सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेल खोपको...
महुली खोलाले बगाउँदा २२ वर्षीया युवतीको मृत्यु
सप्तरी । सप्तरीको अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अग्निसाइर–१ का जुरमी साहकी २२ वर्षीया छोरी महाकुमारी साह रहेको प्रहरीले जनाएको छ । आफ्नी बहिनी आशाकुमारीसँग बाँसको तामा काट्नका लागि जङ्गल पुगेका बेला तामा लिएर सोमबार साँझ घर फर्किने क्रममा महुली...
आजको मौसम : यी स्थानमा वर्षाको सम्भावना
काठमाडौं । हाल प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, देशमा हाल मनसुनी वायुको प्रभाव रहेको कारण हाल प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण...
इंग्ल्याण्ड लकडाउन मुक्त हुँदै
लन्डन । लामो समयदेखि लकडाउनको पीडा भोगिरहेका इंग्ल्याण्डवासीहरु लकडाउन मुक्त हुने भएका छन् । गत महिना नै लकडाउन अन्त गर्ने सरकारी रोडम्याप तय भएपनि ‘डेल्टा भेरियन्ट’ को संक्रमण तीव्र रुपमा बढेपछि थप चार हप्ताको लागि पछि धकेलिएको थियो । तर, संक्रमण दर निरन्तर बढ्दै गएपछि लकडाउन पुनः लम्बिन सक्ने...
नेकपा एमालेको बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक मंगलबार पनि बस्दैछ । बैठक दिउँसो १ बजेपछि बस्ने भएको हो । सो बैठकमा विवाद समाधानका लागि दुबै पक्षबीच गम्भीर छलफल हुने नेताले बताएका छन् । माधव नेपाल पक्षीय कार्यदलका संयोजक भीम रावलले आजदेखि पार्टी मिलाउन घनीभूत...
मुख्यमन्त्री पौडेललाई पार्टीभित्रै असहयोग
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार समस्यामा परेको छ । मुख्यमन्त्रीको पद सम्हालेदेखि नै आफ्नै पार्टीभित्रैबाट असहयोगका कारण चेपुवामा पर्दै आएका मुख्यमन्त्री पौडेल आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सदनबाट पास नहुने अवस्था सिर्जना भएसँगै थप अप्ठेरोमा परेका हुन् । विपक्षी दलहरूको मोर्चाबन्दी र आफ्नै दलभित्रको खनाल–नेपाल समूह...
विश्वविद्यालयको समकक्षता सेवा अब अनलाइनबाट
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ । विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमार्फत सेवाग्राहीले अनलाइनमा आवेदन दिन र शुल्क तिर्न सक्ने व्यवस्था शुरु गरेको हो । देशका विभिन्न स्थानबाट समकक्षताका लागि...
दुई साताभित्र चिनियाँ खोप भित्रिने
काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सामाजिक सञ्जालमार्फत दुई साताभित्र नेपालले ४० लाख मात्रा खोप ल्याउन लागेको जानकारी दिनुभएको छ । उहाँले ट्वीटरमा दिनुभएको जानकारीअनुसार नेपाल वायुसेवा निगमले पहिलो खेप ८ जुलाईमा ल्याउने तयारी गरेको छ । निगमले ९, १५, १६, २२ र...
साउन एकदेखि ‘अवैध’ मोबाइल नचल्ने
काठमाडौं । ‘अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित छन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइल–सेटलाई नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र यो व्यवस्था लगाइएकाले अरूले...









