जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ असार २२, मंगलवार १०:१७

सुर्खेत । कालीकोटको नरहरिनाथ गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

रास्कोट नगरपालिकाबाट मान्मा जाँदै गरेको प १ ल २३ नम्बरको जिप नरहरिनाथ गाउँपालिकाको लालिघाटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका–३ की ३५ वर्षीया पम्फा फडेरा रहेका छन् । आज बिहान भएको दुर्घटनामा परी पम्फाको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, सोही दुर्घटनामा परी चार जना घाइते भएका छन् । घटनास्थलबाट घाइतेहरुको उद्धार गरी सामान्य उपचारपछि घर पठाइसकिएको प्रहरीले जनाएको छ ।

जिपमा १४ जना यात्रु सवार थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*