समाचार
प्रयोगशालाहरूले संक्रमितको विस्तृत विवरण नराख्दा ‘केस म्यानेजमेन्ट’मा अप्ठेरो
काठमाडौं । कोरोना परीक्षण गर्दै आएका प्रयोगशालाहरूले संक्रमितको विस्तृत विवरण नराख्दा सकस भएको छ । घरमै आइसोलेनसमा बसेकालाई आइसोलेसनको अवधि पूरा नहुँदासम्म फलोअप गर्ने योजना बनाएको स्वास्थ्य मन्त्रालयले संक्रमितको विस्तृत विवरण नहुँदा सकस भएको बताएको छ । देशभरका ५८ सरकारी र ३८ निजी प्रयोगशालाबाट कोरोना परीक्षण हुने गरेको छ...
कोरिया जाने श्रमिकको कोभिड बीमाका लागि आह्वान
काठमाडौं । वैदेशिक रोजगार विभाग मातहतमा रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले पाँच हजार डलरको कोभिड–१९ को बीमा गर्न इच्छुक बीमा कम्पनीलाई दर्ता हुन आग्रह गरेको छ । शाखाले सूचना सार्वजनिक गर्दै दक्षिण कोरिया जाने श्रमिकका लागि सो रकम बराबरको कोभिड–१९ को बीमा गर्ने कम्पनीलाई आह्वान गरेको हो...
मन्त्रिपरिषद् गठन प्रधानमन्त्रीको स्वविवेकीय अधिकार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेश खारेजी हुनुपर्ने जिकिर गरेका छन् । प्रधानमन्त्री ओलीले लिखित जवाफमा मन्त्रिपरिषद् विस्तार नितान्त राजनीतिक विषय भएकाले यसलाई कानुनी प्रश्न भन्न नमिल्ने जिकिर छ । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतबाट ८ असारमा मन्त्रिपरिषद् विस्तारको निर्णय कार्यान्वयन नगर्न...
चीनबाट १० लाख भेरोसेल खोप ल्याइँदै
काठमाडौं । चीन सरकारसँग सरकारले खरिद गरेको कोरोनाविरुद्धको खोपको पहिलो खेपमा १० लाख मात्रा भेरोसेल नेपाल आउने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान बिहीबार अपराह्न चीनको राजधानी बेइजिङका लागि उडेको छ । सरकारका अनुसार बिहीबार दिउँसो ३ बजेर २५ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट उडेको नेपाल वायुसेवा...
मकवानपुरमा आइतबारबाट सार्वजनिक सवारी संचालन गर्ने
मकवानपुर । मकवानपुरमा यही असार १७ गतेदेखि सार्वजनिक सवारीसाधन संचालन गर्न पाइने भएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले आइतबारबाट सार्वजनिक सवारीसाधन संचालन गर्न दिने निर्णय गरेको हो । उक्त बैठकले जिल्लामा सार्वजानिक सवारी विहान ६ बजेदेखी साँझ ६ बजेसम्म संचालन गर्न अनुमति...
हेटौंडामा बढी भाडा लिने चार सवारीसाधन प्रहरीको नियन्त्रणमा
मकवानपुर । मकवानपुरमा तोकिएको भाडा दरभन्दा बढी रकम लिने ४ वटा सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार नियन्त्रणमा लिएको छ। प्रहरीले बा १५ चं ८०६५ नम्बरको स्कारपियो, बा.प्र–०२–०३–००१ ज. ००४४ विनकर, ना.१ ज २४६६ माईक्रो र ना.१ ज. ७९०७ सुमो गाडीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक...
सभामुख श्रेष्ठको एकलौटी निर्णय हामी मान्दैनौँ – कांग्रेस सचेतक लामा
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाले प्रदेशसभा बैठक आह्वान गर्ने विषयमा सभामुख सानुमुमार श्रेष्ठले विपक्षी दलहरुसंग छलफल नगरी एकलौटी ढंगबाट निर्णय गरेको बताएका छन् । सभामुख श्रेष्ठले असार २६ गतेको लागि बैठक आह्वान गरेपछि कांग्रेस सचेतक लामाले आफुहरुसंग छलफल नगरिएको र एकलौटी ढंगबाट सभामुख अघि...
पछिल्लो २४ घण्टामा १८७५ संक्रमित थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ८७५ जना कोरोना संक्रमित थपिएका छन्। ५ हजार ३७४ जनामा पीसीआर र ५ हजार १३० जनामा एन्टिजेन परीक्षण गरिएकोमा पीसीआरतर्फ एक हजार २१८ र एन्टिजेनतर्फ ६५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...
माओवादी र कांग्रेस बहुमतको सरकार ढालेर संघीयता संकटमा पार्न चाहान्छन् –प्रमुख सचेतक निरौला
मकवानपुर । सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले माओवादी र कांग्रेस संघीयता ढलाउन लागि परेको बताएका छन् । प्रदेशसभाको बैठक लगातार अवरुद्ध पारेर प्रदेश सरकार ढलाउँन कांग्रेस र माओवादी लागि परेको उनको आरोप छ । बहुमतको प्रदेश सरकार ढल्दा संघीयता नै संकटमा पर्ने उनको भनाई...
सुनको भाउ बढ्यो, कति पुग्यो ?
मकवानपुर । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । बजारमा बिहीबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो । सुन प्रतितोला १०० रुपैयाँले बढेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य पनि १०० रुपैयाँले वृद्धि भई तोलाको ९१ हजार...










