सुनको भाउ बढ्यो, कति पुग्यो ?
मकवानपुर । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ ।
बजारमा बिहीबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो ।
सुन प्रतितोला १०० रुपैयाँले बढेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य पनि १०० रुपैयाँले वृद्धि भई तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।
चाँदीको मूल्य भने बिहीबार प्रतितोला १० रुपैयाँले घटेको छ ।
बुधबार प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार एक हजार ३१० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
