समाचार
महामारीविरुद्ध एकजुट बनौं : केन्द्रीय सदस्य उपाध्याय
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डिनाले महामारीको बिरुद्धमा एकजुट भएर लाग्न अनुरोध गरेकी छिन् । आज बिहीवार थाहा नगरपालिकालाई नेपाली कांग्रेस केन्द्रीय समितिको तर्फबाट १ थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्ने क्रममा उपाध्यायले कोरोना भाईरसको कारण अक्सिजनको अभावमा कसैलाइपनि समस्या नपरोस भनेर अक्सिजन...
मकवानपुरमा थप ७३ जना संक्रमणमुक्त, ५४ जनामा संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा बिहिबार ७३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, विभिन्न मितिमा कोरोना पुष्टि भइ होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेको ७३ जना आज संक्रमणमुक्त भएका हुन् । संक्रमणमुक्र हुनेमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ३५ जना कोरोना...
बाढीले नवलपुर हुप्सेकोटका १५० घर डुबानमा
बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीबाट नवलपरासी ९ बर्दघाट–सुस्तापूर्व०को हुप्सेकोट गाउँपालिकाका १५० भन्दा बढी घर डुबानमा परेका छन् । वडा नं ३ बेलहानीको रजाली टोलबाट बुद्ध चोकसम्मका सबै घरभित्र पानी पसेको छ । सोही वडाकै कोलियाका केही टोलमा समेत पानी पसेको छ । स्थानीय बासिन्दाको घर गोठको...
हेटौँडा अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु
मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौँडा अस्पतालमा थप १ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर ८ बस्ने ७७ वर्षीय पुरुष रहेको हेटौँडा अस्पतालका कोभिड–१९ इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए । उनका अनुसार, ती पुरुषको अस्पतालको एचडीयु कक्षमा उपचारको...
भरुवा बन्दुकसहित एक युवक पक्राउ
दाङ । दाङमा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको दङ्गीशरण गाउँपालिका–२ का २४ वर्षीय मेघराज पुन मगर रहेका छन् । स्थानीय तिलकन्या सामुदायिक वनमा शिकार खेल्ने गइरहेका बेला मगरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, शिकार खेल्न पुगको गोप्य सूचनाका...
एमाले कार्यदलको बैठक साँझ ७ बजे
मकवानपुर । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक साँझ ७ बजे फेरी बस्ने भएको छ । बिहीबार दिउँसो अर्थ मन्त्रालयमा बसेको बैठक साँझ ७ बजे बस्ने गरी स्थगित भएको हो । छलफल सकारात्मक भएको कार्यदल सदस्य सुवासचन्द्र नेम्वाङले बताए । छलफललाई निष्कर्षमा पुर्याउन थप तयारी आवश्यक भएको...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । लगातार ओरालो लागेको नेप्से आज पुनः उकालो लागेको छ । नेप्सेमा सूचीकृत २ सय २३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २ सय ४० लाख कित्ता शेयर खरिदबिक्रि भएको छ। गृहेश्वरी मर्चेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर ९ दशमलव ४७ प्रतिशतले बढेको...
विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको भन्दै यो महामारीलाई...
ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चितवन । चितवनको नारायणगढमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ना ५९ प ३५०४ नम्बरको स्कुटर पछाडि सवार भरतपुर–१५ बस्ने ३० वर्षीया बिणु दवाडी रहेको प्रहरीले जनाएको छ । गैंडाकोटबाट चौबिसकोठीतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकले भरतपुर महानगरपालिका–३ पुल्चोकमा सोही...
हेटौंडामा गाडि छोडेर चालक फरार, १२० किलो गाँजा बरामद
मकवानपुर । मकवानपुर प्रहरीले १२० किलो लागूऔषध गाँजा बरामद गरेको छ । गएराति २ः ४५ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ रिलायन्स बोडिङ् स्कुल अगाडि प्रदेश ३–०१–०२२ च ७२३७ नम्वरको बोलेको चेकजाँच गर्दा उक्त गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए...










