एमाले कार्यदलको बैठक साँझ ७ बजे
मकवानपुर । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक साँझ ७ बजे फेरी बस्ने भएको छ ।
बिहीबार दिउँसो अर्थ मन्त्रालयमा बसेको बैठक साँझ ७ बजे बस्ने गरी स्थगित भएको हो ।
छलफल सकारात्मक भएको कार्यदल सदस्य सुवासचन्द्र नेम्वाङले बताए ।
छलफललाई निष्कर्षमा पुर्याउन थप तयारी आवश्यक भएको भन्दै यसलाई निष्कर्षमा पुर्याउने उनले बताए ।
कार्यदलका अर्का सदस्य गोकर्ण विष्टले पनि छलफलमा प्रगति भएको बताए ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सम्वादलाई मध्यनजर गर्दै कार्यदलमा छलफल भएको बताए ।
