समाचार

बाढीका कारण बस्ती डुबानमा

चितवन । अविरल बर्षापछि आएको बाढीले चितवनको माडीको बस्तीमा डुबान हुन थालेको छ । बाढीले रौतने खोला छेउको ड्याम कटान गरी माडी–३ मलाहीटोल डुबानमा पारेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । त्यहाँका घरहरूमा पानी पस्न थालेको छ । माडीकै डांग्रेखोलामा आएको बाढीले माडीको बरुवा बजारस्थित सुकुमबासी बस्ती डुबानमा...

हेटौंडामा ५७ किलो गाँजासहित २ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । ५७ किलो ९ सय ग्राम लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए । पक्राउ पर्नेहरुमा चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्वर ६ बस्ने वर्ष २६ को संजय...

न्यायिक समितिमा लैंगिक हिंसाको उजुरी बढी

मकवानपुर । गत असार १० गते हेटौंडा उपमहानगरपालिकाको ९ औं नगरसभामा उपमेयर मीनाकुमारी लामाले लैंगिक समानता तथा समावेशीकरणमा विभिन्न नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका छन् । तर, उपमेयर लामाकै संयोजकत्वमा गठन भएको हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिमा लैंगिक हिंसाकै उजुरी बढी आउने गरेको पाइएको छ । हेटौंडा उपमहानगरपालिकाको न्यायिक...

पाल्पामा पहिरोले ६ घर बगाउँदा एक जनाको मृत्यु

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–५ मा पहिरोले ६ घर बगाउँदा एक जनाको मृत्यु भएको छ । तिनाउ–५ का ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, उक्त पहिरोमा पुरिएर एक बालक बेपत्ता भएका छन् भने उक्त घटनामा सात जना घाइते छन् । स्थानीय पूजा...

सार्वजनिक सुनुवाई सम्पन्न

मकवानपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय हेटौंडाको आयोजनामा शिक्षा, स्वास्थ, खाद्य र आवासको अधिकारका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । इन्सेक बागमतीले मानवअधिकार समूहको समन्वयमा उक्त सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरप्रमुख हरिबहादुर महतले खान नपाएर कोही नागरिकले ज्यान...

यी नौ जिल्लामा छन् बढी सङ्क्रमित

काठमाडौं । नौ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका साथै चितवन, रसुवा, कास्की, झापा, सुनसरी, मोरङ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् । देशभर सक्रिय सङ्क्रमित २३ हजार ७५६ जना रहेका छन् । यसअघि कोरोना अत्यधिक वृद्धि हुँदा...

मलेसिया रोजगारी अर्को वर्षदेखि मात्रै

काठमाडौं । हालसम्म श्रम स्वीकृति जारी भएको संख्याको आधारमा सबभन्दा ठूलो गन्तव्य मलेसिया रोजगारी यो वर्ष सुरु नहुने भएको छ। मलेसियास्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर दीपक ढकालका अनुसार एकातिर बढ्दो कोरोना महामारी र अर्कोतिर कोरोनाविरुद्ध खोपको जोहो हुन नसक्दा सन् २०२२ पछि मात्र नेपालीहरू रोजगारीका लागि मलेसिया जान पाउने...

इन्धनको मूल्य लगातार बढ्दा मारमा उपभोक्ता

काठमाडौं । पछिल्लो एक वर्षदेखि लगातार पेट्रोलियम पदार्थको मूल्य बढेपछि त्यसको मारमा उपभोक्ता परेका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको मूल्य बढेकाले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घरेलु बजारमा बढेको बताए पनि त्यसको असर भने उपभोक्तमा पर्न गएको हो । गत वर्ष साउन महिनामा १०५ रुपैयाँ रहेको पेट्रोलको मूल्य...

साउनदेखि अवैध आयातीत मोबाइल नचल्ने

काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि अवैध रुपमा आयात भएका मोवाइलमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले अगामी आर्थिक वर्ष २०७८/०८९ को सुरुबाटै अवैध अर्थात् ‘ग्रे मार्केट’बाट ल्याइएका मोबाइल चल्न रोक लगाउने भएको हो । प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सेवा सञ्चालनमा ल्याई अवैध...

अर्थ मन्त्रालयद्वारा स्थानीय तहलाई ४५ करोड निकासा

काठमाडौं । आर्थिक वर्ष सकिनै लाग्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई झण्डै ४५ करोड रुपैयाँ निकासा गरेको छ । चालु आर्थिक वर्ष २०७७/७८ भित्रै सक्नुपर्ने गरी प्रशासनिक भवन निर्माण गर्न ४५ पालिकालाई मन्त्रालयले थप ४४ करोड ६३ लाख रुपैयाँ निकासा गरेको हो । तर, सो निकासा...