हेटौंडामा ५७ किलो गाँजासहित २ जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
५७ किलो ९ सय ग्राम लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्वर ६ बस्ने वर्ष २६ को संजय चौधरी र चितवनकै वर्ष ४८ को लालजी साह रहेका छन् ।
बुधबार साँझ ६ बजेको समयमा इलाका प्रहरी कार्यालय रातोमाटेबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ पिपल चौतरा पूर्व पश्चिम सडक खण्डस्थित चितवनबाट बारातर्फ जादै गरेको ना. ४ च ५०१५ नम्वरको बोलेरो पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला पारेको हो ।
सो गाडीको पछाडीको भागमा फल्स बटम बनाई लुकाएर ल्याएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक रिमालले जानकारी दिए ।
