सार्वजनिक सुनुवाई सम्पन्न
मकवानपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय हेटौंडाको आयोजनामा शिक्षा, स्वास्थ, खाद्य र आवासको अधिकारका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । इन्सेक बागमतीले मानवअधिकार समूहको समन्वयमा उक्त सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरप्रमुख हरिबहादुर महतले खान नपाएर कोही नागरिकले ज्यान गुमाउन नहुने बताए । शिक्षा र स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी तीनै तहका सरकारले लिनुपर्ने भन्दै नगरप्रमुखमहतले यसकालागिनागरिकको सचेततापनिआवश्यक रहेको बताए ।
कार्यक्रममा हेटौंडा उपमहानगरका शिक्षा प्रमुख गंगाधर रिमाल, स्वास्थ्य प्रमुख रमण झा, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सोमकान्त रिजालले सहजीकरण गरेका थिए ।
कार्यक्रममा मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविका प्रधानाध्यापक भानुभक्त आचार्य, हेटौंडा–१ स्थित अमर माविका प्रधानाध्यापक मालती उप्रेतीले कोभिड–१९ महामारीका कारण बालबालिकालाई बैकल्पिक शिक्षणमा सहज बनाउन स्थानीय सरकारको क्रियाशीलता आवश्यक रहेको बताए ।
कार्यक्रममा सहभागीहरुले शिक्षा, स्वास्थ्य, खाद्य अधिकारकाबारेमा आफ्ना धारणा तथा गुनासो राखेका थिए । हेटौंडा–२ वडा टोलविकास वडा समन्वय समितिका मनिषा घले, विभिन्न स्वास्थकर्मीहरु, विद्यार्थीहरु र विभिन्न संघ संस्थाका पधाधिकारीहरुको उपस्थितिमा कार्यक्रम भएको थियो ।

यसैबीच मानव अधिकार समूह हेटौंडाकी संयोजक चन्द्रावती पनेरु अधिकारीको सभाध्यक्षतामा मानव अधिकार समूहका सदस्यहरुका लागि क्षमता विकास तालिम आयोजना भएको छ ।
कार्यक्रममा कमलकुमार बिश्वकर्मा र अधिवक्ता अप्सरा बस्नेतले सहजीकरण गरेका थिए ।
स्थानीय समूहको सहकार्यमा क्षमता विकास तालिम संयोजक चन्द्रावती पनेरु अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
