पाल्पामा पहिरोले ६ घर बगाउँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ असार २४, बिहीबार ०९:४९
सांकेतिक तस्वीर

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–५ मा पहिरोले ६ घर बगाउँदा एक जनाको मृत्यु भएको छ ।

तिनाउ–५ का ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, उक्त पहिरोमा पुरिएर एक बालक बेपत्ता भएका छन् भने उक्त घटनामा सात जना घाइते छन् ।

स्थानीय पूजा परियारका चार वर्षीय छोरा बेपत्ता भएको भनेर स्थानीयले सूचना दिएको प्रहरीले जनाएको छ ।

यद्यपि घटनास्थलसम्म पुग्ने बाटो अवरुद्ध भएकाले प्रहरीको टोली पुग्न सकेको छैन ।

स्थानीयले पहिरोमा नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोमा पुरिएको जनाएका छन् ।

प्रहरीका अनुसार सिद्धबाबा, झुम्सा, कालिमाटी लगायतका स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*