पछिल्लो २४ घण्टामा १८७५ संक्रमित थपिए

तु खबर संवाददाता
२०७८ असार २४, बिहीबार १७:५०

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ८७५ जना कोरोना संक्रमित थपिएका छन्।

५ हजार ३७४ जनामा पीसीआर र ५ हजार १३० जनामा एन्टिजेन परीक्षण गरिएकोमा पीसीआरतर्फ एक हजार २१८ र एन्टिजेनतर्फ ६५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार २८६ जना संक्रमित कोरोनामुक्त भएका हुन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ।

यसैगरी, पछिल्लो २४ घण्टामा २९ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*