हेटौंडामा बढी भाडा लिने चार सवारीसाधन प्रहरीको नियन्त्रणमा
मकवानपुर । मकवानपुरमा तोकिएको भाडा दरभन्दा बढी रकम लिने ४ वटा सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार नियन्त्रणमा लिएको छ।
प्रहरीले बा १५ चं ८०६५ नम्बरको स्कारपियो, बा.प्र–०२–०३–००१ ज. ००४४ विनकर, ना.१ ज २४६६ माईक्रो र ना.१ ज. ७९०७ सुमो गाडीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक जागेश्वर रिमालले जानकारी दिए ।
उनका अनुसार, बिहीबार विहान विभिन्न गन्तव्यसम्म पुर्यादिन्छु भनि यात्रुहरुसंग तोकिएको भाडा दर भन्दा बढी रकम लिएको थियो ।
उनले उक्त सवारीसाधनलाई आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।
