समाचार

मकवानपुरमा कोरोनाबाट थप ३ जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृतयु भएको स्वास्थय कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृतयु हुनेको कूल संख्या १ सय ३७ पुगेको...

४ बजे मन्त्रिपरिषद बैठक बस्दै

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन् । देउवाले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने जनाइएको छ ।  

माधव नेपाललाई अध्यक्ष बनाउन सकिँदैन – ओली

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधव नेपाललाई कम्यूनिष्ट आन्दोलनको गद्दार भन्दै टिप्पणी गरेका छन् । एमालेको २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिन पार्टीका लागि शर्मनाक भएको उनले बताए । ओलीले सरकार ढालेर अपराध गर्नेलाई माधव नेपाललाई बहुमत दिएर अध्यक्ष बनाउन नसकिने बताए ।...

माधव नेपाल पक्षलाई एमालेले सोघ्यो २४ घण्टे स्पष्टीकरण

मकवानपुर । नेकपा एमालेले माधव नेपाल पक्षलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । पार्टीको निर्देशनविपरित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने २२ सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा उनीहरुले पार्टी अनुशासन उलंघन गरेको भन्दै कारबाही गर्ने प्रस्ताव पेश भएकोमा २४ घण्टाभित्र...

एमालेको १० औं केन्द्रीय समिति बैठक सुरु

मकवानपुर । नेकपा एमालेको १० औं केन्द्रीय समिति बैठक सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल आमात्य प्रतिष्ठानमा जारी बैठकमा पार्टीको विधान अधिवेशन, पार्टीको ह्वीप उलङ्घन गर्ने नेतामाथिको कारवाही लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने सहभागी भएका छैनन् । प्रतिनिधि...

मुख्यमन्त्री पौडेल नेतृत्वको सरकार संकटमा

मकवानपुर । केन्द्रीय तहमा राजनीतिक समिकरण बद्लिएसंगै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल संकटमा परेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिएसंगै मुख्यमन्त्री पौडेल नेतृत्वको बागमती सरकारको आयु पनि धरापमा परेको छ । एमालेको स्पष्ट बहुमतका कारण अंकगणितीय रुपमा सुरक्षित देखिएका मुख्यमन्त्री पौडेल आफ्नै दल भित्रको अन्तरविरोधका...

मकवानपुरका गोपालीसहित दुई युवक पक्राउ

मकवानपुर । प्रहरीले नागार्जुन नगरपालिका–४ बाट चोरिएका पाँचवटा मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरका राजेश गोपाली र कैलालीको दीपक नेगी रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले शनिबार राति पक्राउ गरेको हो । शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुमाथि जाँच गर्दा...

मकवानपुरमा विद्युत चोरी गर्ने ६८ जनालाई जरीवाना

मकवानपुर । नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले मकपानपुरमा विद्युत चोरी गर्ने ६८ जनालाई कारबाही स्वरुप जरीवाना गरेको छ । प्राधिकणले गत आर्थिक वर्ष २०७७/०७८ मा विद्युत हुकिङ गर्ने, मिटरबाट बाइपास गरेर चोरी ६८ जनालाई कारबाही स्वरुप जरीवाना गरेको हो । बिद्युत चोरी गर्नेहरु हेटौंडा उपमानगरपालिका र मकवानपुरका ग्रामिण...

अध्यक्ष खनालद्वारा जन्मदिनमा पुस्तकालयलाई सहयोग

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालले आफ्नो जन्मदिनको अवसरमा पुस्तकालयलाई सहयोग गरेका छन् । अध्यक्ष खनालले एक साता स्थापना गरिएको बकैया सार्वजनिक पुस्तकालयलाई १० हजार रुपियाँ सहयोग गरेका हुन् । पुस्तकालयलाई पुस्तक खरिद गर्ने गरी सहयोग गरिएको अध्यक्ष खनालले बताए । शनिबार पुस्तकालय सञ्चालन तथा व्यवस्थापन समिति...

हेटौँडामा सुबिधासम्पन्न बस टर्मिनल निर्माण हुँदै

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१०, टीसीएनमा सुबिधा सम्पन्न बस टर्मिनल निर्माणको काम धमाधम भइरहेको छ । बस टर्मिनल निर्माणले तीव्रता लिएको हो । उपमहानगरपालिकाको ३५ करोड लागतमा बस टर्मिनल निर्माण सुरु गरिएको मेयर हरिबहादुर महतले बताए । उपमहानगरपालिकाले ठूलो लगानीमा बस टर्मिनल तथा कम्प्लेक्स निर्माण भइरहेको हो। उपमहानगरपालिकाको गौरवका आयोजनाका...