मकवानपुरका गोपालीसहित दुई युवक पक्राउ
मकवानपुर । प्रहरीले नागार्जुन नगरपालिका–४ बाट चोरिएका पाँचवटा मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुरका राजेश गोपाली र कैलालीको दीपक नेगी रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले शनिबार राति पक्राउ गरेको हो ।
शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुमाथि जाँच गर्दा उक्त मोबाइल बरामद भएपछि निजहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरू यसअघि पनि मोबाइल चोरीमा संलग्न भएको खुल्न आएको छ । दुवै घटनाको विषयमा आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।
