समाचार

कांग्रेस क्रियाशील सदस्यता विवादः १ सय २१ वडामा स्थगित

काठमाडौं । कांग्रेस क्रियाशील सदस्यता विवादका कारण देशभर १ सय २१ वटा वडामा स्थगित गरिएको छ । महाधिवेशनका लागि तल्लो तहका तथा सबैभन्दा महत्वपूर्ण मतदाताका रूपमा रहने क्रियाशील सदस्यता विषयमा छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार देशभर १ सय २१ वडाको सदस्यता स्थगित गरिएको छ । यी वडाबाट आएका पुराना सदस्यतामात्र...

मन्त्रिमण्डल पूर्णता दिन सकस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता बित्दासमेत उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । मन्त्रिमण्डलको पूर्णता दिन सत्तासाझेदार दलहरूबीच छलफल बाक्लिए पनि निकास निस्कन सकेको छैन । कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले मंगलबार प्रमुख सत्ता साझेदार दल नेकपा...

मुख्यमन्त्री पौडेललाई ३ दिनको म्याद !

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार संकटमा छ । केन्द्रीय तहमा राजनीतिक समिकरण बद्लिएसंगै बागमती प्रदेशमा एमालेका सांसदहरुबीच एकताको नयाँ प्रयास सुरु भएपछि मुख्यमन्त्री पौडेलको पदीय आयु धरापमा परेको हो । एमालेको स्पष्ट बहुमतका कारण अंकगणितीय रुपमा मुख्यमन्त्री पौडेल सुरक्षित रहेको विश्लेषण गरिएको भएपनि पार्टी भित्रकै...

लागूऔषधसहित दुई जना मकवानपुर प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले भीमफेदी गाउँपालिका २ भैसेबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर १ बस्ने २७ वर्षीय राज मुक्तान र दोलखाको भिमेश्वर नगरपालिका वडा नम्वर ३ बस्ने २० वर्षीय गौरव राज सेढाई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...

कक्षा १२ को परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ समितिले कक्षा १२ को प्रत्येक परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न सरकारलाई निर्देशन दिएको छ । बुधबार शिक्षा मन्त्रालयका अधिकारीहरुसंग आगामी साउन ३१ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा सन्दर्भमा समितिले छलफल गरेको थियो । कोरोना संक्रमणलाई ध्यानमा राखेर सबै परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड...

पदमुक्त सांसद थापालाई पुनर्बहानी गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त कृष्ण थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माले थापालाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । ‘निवेदक थापालाई सुनुवाइको मौकासमेत प्रदान गरी राजनीतिक दलसम्बन्धी ऐन २०७३...

मकवानपुरमा आज थप ७५ जना कोरोनामुक्त भए

मकवानपुर । मकवानपुरमा बुधबार ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भई होमआइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेका ७५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा आज संक्रमणमुक्त हुनेमा हेटौँडा उपमहानगरपालिकाका ५४ जना, थाहानगरपालिकाका ३ जना, मकवानपुरगढी, कैलाश र मनहरी गाउँपालिकाका २÷२...

लागूऔषध गाँजासहित एक जना पक्राउ

बारा । बारा प्रहरीले अबैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका वडा नम्वर १२ रामथली टोल बस्ने ६२ वर्षीय शेर बहादुर जिम्बा रहेको जिल्ला प्रहरी कार्यालय बारारले जनाएको छ । निजगढ–११ रतनपुर तामागढी सडकखण्डस्थित जंगलमा गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा जिम्बाले...

माधव नेपाललाई २२ सांसदको दबाब

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन उनी पक्षीय २२ जना सांसदहरूले दबाब दिएका छन् । बुधबार नेता नेपालसँग छलफलमा जुटेका २२ जना सांसदहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो पक्ष सहभागी हुनुपर्ने भन्दै दबाब दिएका हुन् । छलफलमा सहभागी सांसद मेटमणि चौधरीले आफ्नो समूहका सबै...

थप ३८४० जनामा संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ४० जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ८ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ६ सय ३४ जनामा र ४ हजार ९ सय २२ जनाको एन्टीजेन परीक्षण गर्दा १...